आर्थिक वर्ष ०७५/०७६ शुरु भएको आठ महिना बितिसक्दा पनि कूल बजेटको आधा प्रतिशत पनि खर्च नभएको अवस्था छ । विकास निर्माणमा यो वर्षपनि ठूलो प्रतिशतमा बजेट फ्रिज हुने देखिन्छ । विकास निर्माणको प्रवृत्ति हेर्दा संघीय सरकारको बजेट कार्यान्वयनमा समस्या देखिएको छ । प्रदेशको पहिलो अभ्यास भएकाले चालु आर्थिक वर्ष समाप्त नहुँदै समीक्षा गर्न सम्भव छैन ।
विकास योजना ल्याउन जनता र जनप्रतिनिधिले जसरी चासो देखाउँछन् त्यो अनुसारको कार्यान्वयन पक्षमा वास्ता नदेखाएको अवस्था छ । आइसकेको योजना कार्यान्वयन गर्न तदारुकता नदेखाउँदा विकासका काम अलपत्र पर्ने गरेको छ । योजना आ पनि धेरै बजेट फिर्ता जाने वा काम भए पनि गुणस्तरहीन हुने खतरा अहिले पनि कायमै छ ।
आर्थिक वर्ष सकिन चार महिनामात्र बाँकी रहदा बजेटको सदुपयोग कसरी हुन्छ भन्ने प्रश्न उठेको छ । ८ महिनाको अवधिमा आधा प्रतिशत बजेटको पनि सदुपयोग नहुनु र आगामी चार महिनामा खर्च हुनसक्ने परको विषय हो । त्यसैले, विकास निर्माणमा अनुगमनको खाँचो छ ।
विकास निर्माणमा देखिएका समस्याको समिक्षा गरेर अघि बढ्ने हो भने अहिले पनि केहि समय बाँकी छ । तसर्थ, बजेटको सदुपयोगकालागि सम्बन्धित निकाय गम्भिर भएर आवश्यक कदम चाल्न जरुरी छ । अतः बजेट फ्रिज हुन नदिन नियमनकारी निकायले कामको अनुगमन गरि समस्याको हल खोज्दै विकास निर्माणलाई तिव्रता दिन आवश्यक छ ।
प्रतिक्रिया