Logo

मधेश प्रदेश

हावाहुरी : प्रदेश २ मा उद्धारमा खट्न कार्यकर्ताहरुलाई सभापतिको निर्देशन



नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बारा र पर्सामा आएको हावाहुरीमा परी घाइतेहरुको उद्धार तथा राहतमा जुट्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।आइतबार राति आएको आँधीबेहरीमा परी अहिलेसम्म बारामा २६ र पर्सामा १ जनाको मृत्यु भएको छ भने ४०० भन्दा घाइतेहरु विभिन्न अस्पतालमा उपचाररत छन् ।

केन्द्र सरकारले राहत र उद्धारका लागि तत्काल व्यवस्था गर्न नसकेको अवस्थामा काँग्रेस सभापतिले विपद्का बेलामा एकजुट भएर उद्धारमा जुट्न आब्हान गरेका हुन् ।अझै पनि धेरै स्थानमा उद्धारको प्रयास भइरहेको छ । रातिमा भएको घटनाले गर्दा तत्काल उद्धारमा समस्या भएको बताइएको छ ।

हावाहुरीका समयमा जमीनमा कम्पनजस्तो आएकाले अधिकांशका घरमा धारामा पानी सुकेको छ ।गास र बासको समेत समस्या भइरहेको छ । देउवाले ट्वीटरमार्फत सन्देश दिँदै हावाहुरीमा परी मृत्यु भएकाप्रति हार्दिक श्रद्धाञ्जलीसमेत व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार ०३:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।