Logo

पत्रपत्रिका

विधासुन्दरले गरे फेरी अर्को बोल्ड निर्णय



महानगरपालीकका मेयर विधासुन्दर शाक्यले एक पछि अर्को राम्रा निर्णय गर्दै महानगरबासीको मन जित्न सफल भएका छन् । काठमाडौको फोहोर उठाउन ५ ओटा ब्रमर सडकमा दौडाएका शाक्यले फेरी महानगरबासीलाई अर्को खुसिको खबर दिएका छन् ।

साँझ छिटै सवारी साधन बन्द भएर ट्याक्सी चढ्न बाध्य जनताले विधासुन्दरको निर्णयबाट राहत पाउँने छन् ।काठमाडौंका सडकमा बिहान ५ बजेदेखि राति १० बजेसम्म सार्वजनिक सवारीसाधन अनिवार्य चलाउनुपर्ने व्यवस्थासहितको विधेयक काठमाडौं महानगरपालिका नगरसभाबाट पारित भएको छ ।

आइतबार बसेको नगरसभाको चौथो अधिवेशनले सवारी तथा यातायात व्यवस्थापन विधेयक पारित गरेको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।पारित विधेयक १५ दिनमा मेयर विद्यासुन्दर शाक्यले प्रमाणीकरण गरेपछि कार्यान्वयनमा आउनेछ ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार ०६:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।