Logo

पत्रपत्रिका

नेकपाका तीन जिल्ला सचिवद्वारा भीम रावलले खुवाएको सपथ लिन अस्वीकार गरेपछि….



पद बाँडफाँटप्रति असहमति जनाउँदै प्रदेश–७ अन्तर्गत नेकपाका तीन जिल्ला सचिवले सपथ अस्वीकार गरेका छन् ।

सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा आइतबार भएको सपथ कार्यक्रममा डडेल्धुरामा सचिवको जिम्मेवारी पाएका तारादत्त जोशी, बझाङका सचिव दिलबहादुर सिंह र दार्चुलाका सचिव रामदत्त जोशी उपस्थिति नै भएनन् । उनीहरुले आफूहरुको मर्यादाविपरीत पद दिएको भन्दै सपथ नलिएका हुन् ।

तारादत्तले भने, ‘१० वर्षदेखि तत्कालीन एमालेको जिल्ला कमिटीको नेतृत्व गरिरहेको छु, अहिले उपल्लो तह पुग्ने बेलामा फेरि तल झारेपछि स्वीकार्य भएन ।’

नेकपा स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले बाँकी ९ वटै जिल्लाका अध्यक्ष र सचिवलाई सपथ गराएका थिए ।कान्तिपुर दैनिकबाट

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार ०१:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।