नेपाल सरकार शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले माध्यमिक तहको खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजामा चित्त नबुझेकाहरुले पुनर्योग गर्न पाउने सम्बन्धमा सूचना निकालेको छ ।
नतिजाको सूचना आयोगद्वारा विभिन्न मितिमा प्रकाशित लिखित परीक्षाको नतिजामा चित्त नबुझी पुनर्योगका लागि पेश भएका आवेदन उपर पूर्ण समितिको मिति २०७६ वैशाख २३ गतेको निर्णय एवं सिफारिश बमोजिम देहायका उम्मेदवारहरुको तपसिल बमोजिमको पूर्ण नतिजा कायम भएकोपनि व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ ।
यो पनि पढ्नुहोस्
शिक्षक सेवा आयोगबाट प्रकाशित स्थायी शिक्षक पदपूर्तिको लागि भएको विज्ञापन बमोजिम मिति २०७५।०६।११ गते लिइएको माध्यमिक तह, तृतीय श्रेणीको लिखित परीक्षामा सम्मिलित भएका उम्मेदवारहरुमध्ये देहायका उम्मेदवारहरुलाई रोल नं.को सिलसिलेवार रुपमा देहायको मिति, समय र स्थानमा हुने अन्तर्वार्ताको लागि छनौट गर्ने आयोगको मिति २०७६।०१।२१ गते निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
यो नेपाल सरकार शिक्षक सेवा आयोगको प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदपूर्तिको लागि खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन सामुदायिक विद्यालयको स्वीकृत रिक्त दरबन्दीमा खुला प्रतियोगितात्मक लिखित परीक्षाको माध्यमद्वारा स्थायी रूपले पदपूर्ति गर्नका लागि योग्य उम्मेदवारहरूले यस आयोगबाट निर्धारित गरिएको दरखास्त फाराम भरी सम्बन्धित जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय ईकाइ मार्फत दरखास्त पेस गरि दिइएको परीक्षाको नतिजा हो ।





















प्रतिक्रिया