Logo

पत्रपत्रिका

कर्मचारी कसको तलब कति पुग्यो ? (तालिकासहित)



सरकारले राष्ट्रसेवक कर्मचारीको तलब १८ देखि २० प्रतिशतसम्म वृद्धि गरेको छ । आर्थिक वर्ष २०७६र७७ को बजेटमार्फत सरकारले करिब साढे ५ लाख हाराहारी संख्यामा रहेका कर्मचारीको तलब साउन १ देखि लागू हुने गरी बढाएको हो ।

कार्यालय सहयोगीदेखि नायब सुब्बासम्मको तलबमा २० प्रतिशत र शाखा अधिकृतदेखि मुख्यसचिवसम्मको तलब १८ प्रतिशतले वृद्धि गरिएको छ ।

झन्डै साढे दुई लाख हाराहारी रहेका सेवानिवृत्त राष्ट्रसेवकहरूको पेन्सनसमेत वृद्धि भएको छ । पूर्वराष्ट्रसेवकहरूको पेन्सनमा जुन पदबाट सेवानिवृत्त भएको हो, त्यही पदको बहालवाला कर्मचारीको बढेको तलबको ६६ प्रतिशतका दरले वृद्धि हुनेछ ।

सबभन्दा तल्लो तहको कर्मचारी कार्यालय सहयोगीको तलब १६ हजार २ सय ३० बाट ३ हजार २ सय ४६ बढेर १९ हजार ४ सय ७६ रुपैयाँ पुगेको छ । सबभन्दा माथिल्लो तह मुख्यसचिवको तलब ५५ हजार २ सयबाट ९ हजार ९ सय ३६ बढेर ६५ हजार १ सय ३५ रुपैयाँ पुगेको छ । खरिदारको तलब २२ हजार १ सय ७० बाट ४ हजार ४ सय ३४ बढेर २६ हजार ६ सय ४ रुपैयाँ पुगेको छ ।

सबै तहका कर्मचारीलाई दिइँदै आएको मासिक २ हजार रुपैयाँ महँगी भत्ता, वाषिर्क ७ हजार ५ सय कपडा भत्ता बजेटमा यथावत् राखिएको छ । दुई दर्जनभन्दा बढी कार्यालयका कर्मचारीलाई दिइँदै आएको सय प्रतिशतसम्मको प्रोत्साहन भत्तासमेत यथावत् छ कान्तिपुर दैनिकमा समाचार छ ।

जेठ २३ गते सार्वजनिक बिदा

सरकारले मुसलमान धर्मावलम्बीको पर्व इदुल फित्रका दिन सार्वजनिक बिदा दिने भएको छ । मुस्लिम आयोगको सिफारिसलाई समेत दृष्टिगत गरी यही जेठ २३ गते सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

नेपाल खाद्य संस्थान र नेशनल टेङिङ लिमिटेडलाई गाभेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गठन गर्ने निर्णय गरिएको मन्त्री बाँस्कोटाले जानकारी दिए । त्यस्तै सरकारले ‘प्रदेश तथा स्थानीय तहका लागि कूटनीतिक मामिलासम्बन्धी निर्देशिका, २०७५’ स्वीकृत गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री ओलीको ‛पीएचडी’ मोह

प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक पढाई एसएलसीभन्दा मुनी नै हो । गरिबी र अभावमा हुर्किएका उनको बाल्यकाल पीडाले भरिएकाले औपचारिक पढाई अगाडि बढाउन सकेनन् ।

१४ वर्ष जेल बसेका ओलीले पढेर भन्दा परेर जाने । स्वअध्ययन गरेकाले ओली तर्कक्षमतामा अब्बल मानिन्छन् । तैपनि, उनमा पिएचडीको मोह बढ्दै छ । गएको तीन वर्षमा लगातार तीनवटा विश्वविद्यालयहरुबाट मानार्थ विद्यावारिधीको सम्मान थापिसकेका छन् ।

प्राज्ञिक थलोप्रति आकर्षण

ओली विगतमा विदेश जाँदा समेत कुनै न कुनै विश्वविद्यालयमा पुग्थे । प्रवचनमा सहभागी भई पीएचडी शोधकर्ताहरुसँग अन्र्तक्रियामा सहभागी हुन्थे । उनी भारत जाँदा सबैभन्दा बढी पुग्ने जवाहरलाल नेहरु विश्वविद्यालय हो । त्यहाँको दक्षिण एशिया अध्ययन केन्द्रमा पीएचडी शोधकर्तासँग अन्र्तक्रिया गर्थे ।

अंग्रेजी तिख्खर बोल्ने ओली पढेलेखेकाहरुसँग समय बिताउन चाहने नेतामा गनिन्छन् । बौद्धिक व्यक्तिहरुको आलोचनाप्रति बेला बखत व्यङ्ग्य गर्ने उनी आफैलाई बौद्धिक मान्छन् भन्ने पीएचडी मोहले पनि देखाउँछ ।

आँचा चिम्लेर उपाधि

ओली आफूले औपचारिक अध्ययन गर्न नपाएकोमा पीडाबोध गर्न छाडेका छैनन् भन्ने मानार्थ विद्यावारिधीको मोहमा परेका छन् । जसले मानार्थ विद्यावारिधी दिन्छ थापिहाल्ने स्वभाव ओलीमा देखिएको छ । विश्वविद्यालयको स्तर र उद्देश्य नबुझी ओलीले सम्मान थापिदिंदा पदको मर्यादा नराखेको भन्दै आलोचना हुनेगरेको छ ।

ओलीले हालैमात्र दक्षिण कोरियाको काङनाम विश्वविद्यालयबाट मानार्थ विद्यावारिधीको सम्मान लिए । काठमाडौंमा विश्वविद्यालयका प्रतिनिधि आएर गाउन लगाइदिंदा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक तीर्थ खनियाँ समेत सहभागी थिए । उक्त विश्वविद्यालय धार्मिक उद्देश्यबाट प्रेरित रहेको छ । क्रिश्चियन धर्मको प्रचार प्रसारमा विश्वविद्यालय लागेको भेटियो ।

ओलीले २०६७ मा अमेरिकाको ग्रिनफोर्ड युनिभर्सिटीबाट मानार्थ विद्यावारिधी लिएका थिए । उक्त विश्वविद्यालय विवादास्पद रहेको भेटियो । उक्त विश्वविद्यालय अस्तित्वमा नभएको पत्ता लागेपनि ओलीले विश्वविद्यालयको बचाऊ गर्दै मानार्थ विद्यावारिधी लिनुलाई गर्व ठाने । उनीसँगै मानार्थ पीएचडी लिने मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र क्याप्टेन रामेश्वर थापाले फिर्ता गरिहाले ।

दोस्रोपटक प्रधानमन्त्री भएर भारत भ्रमणमा जाँदा ओलीलाई खाली हात पठाइएन । उनको मानार्थ पीएचडीको मोह बुझेर भारत सरकारले बन्दोबस्त गरिदियो । उत्तराखण्डस्थित गोविन्द बल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयबाट मानार्थ पीएचडीबाट ओली सम्मानित भए ।

संयुक्तराष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका गएको बखत ओलीलाई खुशी बनाउन अमेरिकास्थित नेपाली राजदूत डा। अर्जुन कार्की लागिपरे । उनकै पहलमा ओलीलाई कोस्टारिकाको युनिभर्सिटी फर पिसबाट मानार्थ विद्यावारिधीबाट विभुषित गर्ने बस्दोबस्त गरियो । ओलीलाई गाउन लगाएर सम्मान दिने कार्यक्रममा कार्की समेत पुगेका थिए ।

सरकारी खर्चमा कोस्टारिका पुग्नुमा ओलीको विद्यावारिधीको गाउन र टोपी लगाउने मुख्य उद्देश्य थियो । ओलीलाई खुशी पार्ने तरिका अहिले पीएचडीको मानार्थ उपाधि समेत भएको छ । ओलीबाट काम लिन खोज्नेहरुले उनलाई खुशी पार्न यो उपाय अपनाउन थालेका छन् । उनलाई अझै धेरै मानार्थ पीएचडीको उपाधि दिलाउन बालुवाटारमा केही व्यक्तिहरु सलबलाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओललाई मानार्थ पीएचडी दिनेको विवरण

वर्ष देश विश्वविद्यालय

२०७६ दक्षिण कोरिया काङनाम विश्वविद्यालय
२०७५ कोस्टारिका युनिभर्सिटी फर पिस
२०७४ भारत गोविन्द बल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालय
२०६७ अमेरिका ग्रिनफोर्ड युनिभर्सिटी

यो पनि पढ्नुहोस्

अविवाहितलाई चार लाख र विवाहितलाई साढे चारलाखसम्मको आम्दानीमा छुट

बजेटले आयकरको दर वृद्धि गरेको छैन । बरु आयकर छुट हुने सीमा वृद्धि गरिएको छ । अब अविवाहितले चार लाखसम्म र विवाहिले चार लाख ५० हजारसम्मको आम्दानीमा कर तिर्नुपर्दैन । यसअघि अविवाहितले तीन लाख ५० हजार र विवाहितले चार लाखसम्मको आम्दानी कर तिर्नुपदैनथ्यो ।

प्रकाशित मिति : १७ जेष्ठ २०७६, शुक्रबार ०१:२५   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।