Logo

सम्पादकीय

सेवाग्राहीलाई दुख नदेऊ



सरकारी कार्यालयको ढिलासुस्ती काम गर्ने प्रक्रियाको विषयमा नागरिकस्तरमा गुनासो बढ्दो छ । नागरिकले सरकारी कार्यालयमा सानो भन्दा सानो कामकालागि पनि थुप्रो समय खर्चिनु परेको अवस्था छ ।

व्यवस्थापनमा देखिएको कमिकमजोरी र जनशक्तिको परिचालनमा देखिएको कञ्जुस्याँईका कारण सरकारी कार्यालयबाट नागरिक सन्तुष्ट हुन सकेका छैनन् । सरकारी कार्यालयमा देखिएको बेथितिका कारण बिचौलियाहरु पनि सल्बलाइरहेका छन् । प्रक्रियामा जाँदा धेरै समय र लफडा हुने हुँदा सेवाग्राहीले पनि बिचौलियकै सहयोग माग्नुपरेको छ ।

सेवाग्राहीहरुले धेरै समय पर्खनु भन्दा चर्कै शुल्क तिरेर भएपनि आफ्नो काम गराउँदै आएका छन् । बिचौलियाको माध्यमबाट अहिले देशका थुप्रै सरकारी कार्यालयमा काम हुदैँ आएको छ । देशका केहि सरकारी कार्यालयहरुमा अहिले पनि परम्परागत शैलिबाटै कार्यालय संचालन हुदैँ आएको छ । जसका कारण सेवाग्राहीहरु मारमा परेका छन् ।

सानो कामका लागि सरकारी कार्यालयले धेरै समय लगाइदिदा सेवाग्राहीहरु हैरान हुने गरेका छन् । यस्तो अवस्थामा बिचौलियाहरुको हाबि बढ्ने गर्दछ । बेलाबखतमा बिचौलियाहरु नियन्त्रणमा आएको समाचार आएपनि धेरै जसो सरकारी कार्यालयमा अहिले पनि बिचौलियाकै दबदबा बढिरहेको छ ।

तसर्थ, सरकारी कार्यालयमा देखिएका बेथितिको अन्त्य हुन आवश्यक छ । सेवाग्राहीलाई सुविधा दिन सरकारी कार्यालयबाट कञ्जुस्याई हुनुहुदैँन ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७६, शनिबार १७:१८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।