Logo

पत्रपत्रिका

गुठी विधेयकलाई लिएर सरकारको विरोध गर्दै आएका क्याप्टेन विजय लामामाथि यस्तो कारबाही



सामाजिक सञ्जाल फेसबुकमा सरकारविरुद्ध स्टाटस लेखेका कारण नेपाल वायुसेवा निगमका एक पाइलट जापान जानबाट बञ्चित भएको छन् । निगमका कार्यकारी मदन खरेलले क्याप्टेन विजय लामालाई भ्रमण टोलीबाट हटाएका हुन् ।

आगामी भदौ १२ देखि जापानको ओासाका उडानको तयारी गरिरहेको निगमले अध्यक्ष खरेल, वाणिज्य विभागका निर्देशक टंकनिधि दाहाल र पाइलट लामालाई सोमबार जापान पठाउन लागेको थियो ।

निगमका एक उच्च अधिकारीका अनुसार तीनै जनाको होटल र टिकटसमेत बुकिङ भइसकेको थियो । पाइलट लामाले आफ्नो फेसबुकमा सरकारले ल्याएको गुठी विद्येयकविरुद्ध स्टाटस लेखेका थिए । उनले सरकारले जनतालाई दबाउन खोजेको भन्दै यसको नतिजा राम्रो नहुँने भन्दै सरकारलाई चेतावनी दिएका थिए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

यो पनी पढ्नुहोस्, नलगाड नगरपालिका–९ का कालीबहादुर ध्यार केही ऋण र सापटी गरेर यार्सागुम्बा संकलन गर्न डोल्पाको पाटन पुगे । त्यहाँ रहँदा लगाउने कपडा, आवश्यक खाद्यान्न र प्रवेश शुल्कसमेत गरी १५ हजारभन्दा बढी खर्च गरे ।

गाउँबाट पाटनसम्म जान चार दिन लागेको बताउने ध्यार अहिले रितो हात फर्किएका छन् । उनी १३ जेठमा डोल्पा गएका थिए । डोल्पाको ठुलीभेरी नगरपालिका–६ रूपपाटनमा चार दिनसम्म यार्सागुम्बा खोज्दा पनि नपाएपछि फर्किएको ध्यारको भनाइ छ ।

नलगाड नगरपालिकाका मोती ध्यारको हालत पनि उस्तै छ । यार्सागुम्बा खोज्न डोल्पा गएका उनी पनि रितो हात फर्केको बताउँछन् । तीन वर्षअघि दुई सय १० वटा यार्सागुम्बा टिपेर दुई लाख १० हजार आम्दानी गरेका मोती यो वर्ष प्रवेश शुल्कबापतको रकमसम्म उठाउने यार्सागुम्बा नपाएपछि घर फर्केका छन् ।

उनले गाउँमा ऋण काढेर डोल्पाका पाटनमा यार्सागुम्बा खोज्न गएको बताए । उनका अनुसार डोल्पाका केही यार्सा पाटन स्थानीयले कब्जा गरेर बसेका छन् । बाहिरबाट जाने संकलनकर्तालाई प्रवेश गर्न दिइएको छैन ।

विगतमा जस्तो यो वर्ष यार्सागुम्बा नपाउँदा संकलनकर्ता निराश बनेका छन् । ऋण काढेर गएकाहरू ऋण नै तिर्ने रकम नउठ्दा निराश बनेको अर्का यार्सा संकलनकर्ता मोतीराम ध्यारले बताए । नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलवार ०२:५४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।