Logo

पत्रपत्रिका

वर्षमानको प्रश्न सिंहदरबारमा : राजदूतको जवाफ ट्विटरमा



उर्जामन्त्री वर्षमान पुनले नेपालका लागि चिनियाँ राजदूत होउ याङचीलाई मंगलबार सोधे, ‘चिनियाँ कम्पनीहरुले चीन र अन्य विश्व राम्रो काम गरिरहेका छन्, यहाँ किन गर्न सकिरहेका छैनन् ?’

सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा राजदूत याङचीले यसबारे गहिरो अध्ययन र अनुसन्धान गरिरहेको कुटनीतिक जवाफ दिएर फर्किइन् । यो भेटबारे मन्त्री पुनको सचिवालयले सञ्चारमाध्यमलाई विज्ञप्ति पठायो । मन्त्रीले राजदूतलाई गरेको प्रश्नको समाचार बन्यो । भेटघाटको तस्विरसमेत सार्वजनिक भयो । चर्चा यत्तिमै सेलाएन ।

राजदूत याङचीले दूतावास फर्केपछि त्यही साँझ ट्वीट ७ः४४ बजे ट्वीट गरिन्, ‘नेपालमा निर्माण भइरहेका ठूला आयोजनामध्ये सबभन्दा ठूलो आयोजना चीन जलविद्युत् संस्थाले गरेको हो ।’ अनौपराचिक छलफल सञ्चारमाध्यममा सार्वजनिक भएपछि याङचीले साँझ ट्वीटमार्फत जवाफ दिइन् । तत्काल प्रतिक्रिया नजनाउने चिनियाँ राजदूतले सार्वजनिक रुपमै जवाफ दिनुको गहिरो अर्थ रहेको कुटनीतिज्ञहरु बताउँछन् ।कान्तिपुर दैनिकबाट

प्रकाशित मिति : १४ असार २०७६, शनिबार ०२:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।