Logo

खेलकुद

यु १९ एसिया कप : सिंगापुरविरुद्ध नेपालको सानद विजयी



नेपालले सिंगापुरलाई २ सय १७ रनले सानदार विजयी भएको छ ।

यु १९ एसिया कप छनोट क्रिकेटमा नेपालले दिएको ३ सय २७ रनको लक्ष्य पछ्याएको सिंगापुर ३९.।१ ओभरमा १ सय ९ रनमा अलआउट भएको हो ।

यो पनि पढ्नुहोस् 

सिंगापुरलाई नेपालले दियो ३२७ को लक्ष्य, रीत गौतमको सानदार शतक

एसीसी इस्टर्न रिजन यू–१९ क्रिकेटमा नेपालले सिंगापुरलाई ३२७ रनको लक्ष्य दिएको छ। नेपालले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३२६ रन बनायो।मलेसियाको किनरारा ओभल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले उत्कृष्ट सुरुआत गरको थियो। नेपालका लागि रीत गौतमले शतक प्रहार गर्दा खडक बोहरा र कुशल मल्लले अर्धशतक बनाए। बोहरा शतक बनाउन १० रनले चुकेका थिए।

ओपनिङ आएका रीत र पवनले पहिलो विकेटका लागि ९२ रनको साझेदारी गरेका थिए। पहिलो विकेटको रुपमा पवन ४५ रन बनाएर आउट भएका थिए। पवनले ४१ बल खेल्दा १० चौका प्रहार गरे। तेस्रो विकेटका लागि रीत र खड्क बोहराले १३१ रनको साझेदारी गरेपछि नेपाल बलियो स्थितिमा पुग्यो। दोस्रो विकेटको रुपमा ९० रन बनाएका खडक आउट भएका थिए।

उनले ९० बलकै सामाना गर्दा १२ चौका प्रहार गरेका थिए। डेब्यु गरेका विशाल विक्रम केसीको ब्याटबाट भने रन बन्न सकेन्। उनले २ बल सामना गर्दा १ रन बनाएर आउट भए। उनी यू १६ क्रिकेटका कप्तान पनि हुन्।

४२।६ ओभर हुँदा चौथो विकेटको रुपमा रोहितकुमार पौडेल ७ रन बनाएर आउट भएका थिए। त्यसपछि क्रिजमा रहेका रीत र कुशल मल्लले ८२ रनको जोडदार साझेदारी गरे। मल्लले अन्तिम ओभरमा २२ रन प्रहार गर्दै अर्धशतक बनाए।

२३ बल खेलेका मल्लले ५ छक्का र ४ चौका प्रहार गरेका थिए। उनी ५१ रनमा नट आउट रहँदा रित गौतम ११५ रनमा नट आउट नै रहे। उनले १३७ बल सामना गर्दा १० चौका र १ छक्का प्रहार गरे। सिंगापुरका प्रणवसुर्दशन राजेशकृष्ण र विनित चेतेश मेहताले दुई दुई विकेट लिए।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार १३:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।