Logo

अर्थ

मौद्रिक नीति २०७६/०७७ सार्वजनिक, मर्जमा जाने बैंकलाई विशेष सुबिधा (पूर्णपाठ सहित)



नेपाल राष्ट्र बैंकले आर्थिक बर्ष ७६/७७ को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका डा. चिरन्जीवी नेपाल बुधबार अपरान्ह मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

मौद्रिक नीतिमा सर्वाधिक चासोको बिषयमा रहेको बिग मर्जरमा जान बैंकहरुलाई प्रोत्साहन गरिएको छ । केन्द्रिय बैंकले मौद्रिक नीति मार्फत मर्जमा जाने बैंकहरुलाई स्प्रेड रेट, कुलिङ पिरियड, राष्ट्र बैंकले तोकेको प्राथमीकताप्राप्त कर्जामा, र शाखा विस्तार लगायतमा सहुलियत दिने घोषणा गरेको हो ।

मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. चिरन्जीवी नेपालले निम्न ५ वटा सहुलियत दिने घोषणा गरेका हुन् ।

१. प्राथमिकता प्राप्त क्षेत्रमा गरिनु पर्ने न्युनतम लगानी २०७८ असार मसान्तसम्म कायम गरे हुने

२. २०७८ असार मसान्त सम्म स्प्रेड दर ४.४ कायम गरे हुने

३. शाखा खोल्न राष्ट्र बैंकको स्वीकृति नचाहिने

४. कार्यकारीहरुलाई कुलिंग पिरियड लागु नहुने

५. ऋणपत्रमा गरिनु पर्ने लगानी २०७८ असार मसान्त सम्म गरे हुने

२०७७ असार मसान्तसम्म एकिकृत कारोबार गर्नेले मात्र यी सुबिधा पाउने छन् ।

मर्जमा जाने बैंकलाई राष्ट्र बैंकले दियो यी ५ सुविधा

नेपाल राष्ट्र बैंकले मुख्यतः ५

प्रकारको सहुलियत दिएर बैंकहरुलाई मर्जमा जानलाई प्रोत्साहन गरेको छ । केन्द्रिय बैंकले मौद्रिक नीति मार्फत मर्जमा जाने बैंकहरुलाई स्प्रेड रेट, कुलिङ पिरियड, राष्ट्र बैंकले तोकेको प्राथमीकताप्राप्त कर्जामा, र शाखा विस्तार लगायतमा सहुलियत दिने घोषणा गरेको हो ।

मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा चिरन्जीवी नेपालले निम्न ५ वटा सहुलियत दिने घोषणा गरेका हुन् ।

१. प्राथमिकता प्राप्त क्षेत्रमा गरिनु पर्ने न्युनतम लगानी २०७८ असार मसान्तसम्म कायम गरे हुने

२. २०७८ असार मसान्त सम्म स्प्रेड दर ४।४ कायम गरे हुने

३., शाखा खोल्न राष्ट्र बैंकको स्वीकृति नचाहिने

४. कार्यकारीहरुलाई कुलिंग पिरियड लागु नहुने

५. ऋणपत्रमा गरिनु पर्ने लगानी २०७८ असार मसान्त सम्म गरे हुने

२०७७ असार मसान्तसम्म एकिकृत कारोबार गर्नेले मात्र यी सुबिधा पाउने छन् ।

सबै बाणिज्य बैंकहरुले एक बर्ष भित्र ऋणपत्र निष्काशन गर्नु पर्ने

बाणिज्य बैंकहरुले एक बर्ष भित्र ऋणपत्र निष्काशन गरि सक्नु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक बर्ष ७६र७७ को मौद्रिक सार्वजनिक गर्दै बाणिज्य बैंकहरुले २०७७ असार मसान्त भित्र ऋणपत्र जारि गर्नु पर्ने ब्यबस्था गरको हो ।

मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. चिरन्जीवी नेपालले बैंकहरुले आफ्नो चुक्ता पुंजीको न्यूनतंम २५ प्रतिशत बराबरको ऋणपत्र निष्काशन गर्नु पर्ने ब्यबस्था गरिएको घोषणा गरेका हुन् ।

मर्जमा जाने लघुवित्तलाई बिशेष प्याकेजको घोषणा, यी ५ सुविधा पाउने

नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुलाई मर्जमा जानको लागि प्रोत्साहन गर्नको लागि बिशेष प्याकेजको घोषणा गरेको छ। आर्थिक बर्ष ७६/७७ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. चिरन्जीवी नेपालले यस्तो प्याकेजको घोषणा गरेका हुन् ।

जस अनुसार मर्जमा जाने लघुवित्तले निम्न ५ सुबिधा पाउने छन् ।

हेर्नुस मौद्रिक नीतिको पूर्ण पाठ :

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार १२:४३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।