गायक उदितनारायण झालाई ज्यान मार्ने धम्की आएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
अज्ञात व्यक्तिले टेलिफोनमार्फत ज्यान मार्ने धम्की दिँदै गाली–गलौज गरेको बताइएको छ । धम्कीपछि उनले मुम्बई प्रहरीमा घटनाबारे जानकारी गराएका छन् । उनलाई उक्त समूहले अहिलेसम्म तीनपटक फोन गरी ज्यान मार्ने धम्की दिएको छ । उनले सुटिङमा भएकाले बेला–बेला फोन आउने गरेको बताए ।
उदितनारायणका अनुसार फोन गर्ने व्यक्तिले आफ्नो नाम रवि पुजारी बताउने गरेको छ । उसले हरेकपटक फरक नम्बरबाट फोन गर्दै ठूलो रकम माग गरेको पनि उदितको भनाइ छ । जवाफमा उदितले पैसा नदिने बताएपछि अपशब्द प्रयोग गर्दै ज्यान मार्ने धम्की दिने गरेको छ । उदितले घटनाबारे प्रहरीलाई बताएपछि मुम्बई प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रहरीका अनुसार फोन विहारबाट आइरहेको छ ।
ट्रयु कलरमार्फत उक्त नम्बरमा उदितनारायणकै ‘वाच मेन’ को नाम देखिएपछि प्रहरीले उनीसँग पनि बयान लिएको थियो । वाचमेनले आफ्नो मोबाइल तीन महिनाअघि आफू विहारमै रहँदा चोरी भएको प्रहरीलाई बयान दिएका छन् । ज्यान मार्ने धम्कीपछि अहिले उदितनारायणको घर आसपास सुरक्षाकर्मीको संख्या पनि बढाइएको छ ।
पोखराबाट नाटक खेल्न जर्मनी पुगेका ४ कलाकार उतै लुके
पोखराबाट नाटक लिएर जर्मनी पुगेको युथ क्रियसन थिएयरका ४ कलाकार उतै लुकेका छन् । लुक्नेमा कलाकार शर्मिला बस्नेत, सम्झना शर्मा, संरचना पौडेल ९अञ्जना० र मधुसूदन पौडेल छन् । जर्मन सरकारमातहतको प्रज्ञा प्रतिष्ठानले गरेको लोकसंगीत महोत्सवमा ‘घेरो’ नाटक १८ असारमा जर्मनी उडेका थिए ।
१२ जना कलाकारसहित जर्मनी उडेको टोलीको भिसा अवधि १ साताको थियो । उनीहरुले महोत्सवमा जुलाई ५ र ६ गते २ दिन नाटक मञ्चन गरेका थिए । ८ जना २३ गते नेपाल फर्किंदा ४ जनाबाट भने उतै हराएको युथ क्रियसन थियटरका पदाधिकारीले फेसबुकमार्फत पुष्टि गरेका छन् ।
उतै लुकेकामध्ये सम्झना शर्मा नाटक लेखक केदार पौडेलकी पत्नी हुन् । सम्झना कलाकार नभए पनि टिम म्यानेजरको रुपमा नाट्यटोलीमा लगिएको थियो । ‘उनीहरु कार्यक्रम सकिएपछि विभिन्न बहानामा भागेका हुन् उनीहरुलाई लुकाउन वा भगाउन हामीमध्ये कसैले सहयोग गरेको भए वा पैसा लेनदेन गरेको भए कारबाहीको भागेदारी हुन तयार छौं,’ पोखरा फर्केपछि थिएटरका सचिव सौगात पोखरेलले फेसबुकमा भनेका छन् । उनले जर्मनीमै पनि ती ४ जना हराएको सूचना दिइसकेको दाबी गरेका छन् ।
युरोपै बसेका कलाकार मधुसूदन पौडेलले आफू पोर्चुगल पुगेको फेसबुकमार्फत नै जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘म अहिले पोर्चुगलमा छु । मलाई कुनै संस्थाले पैसा खाएर यहाँ ल्याएको होइन ।
आफ्नै राजीखुसीले आएको हुँ ।’ केदार पौडेलले लेखेको नाटकमा युवा रंगकर्मी तथा युथ क्रियसन थिएटरका अध्यक्ष कपिल शर्माको निर्देशन छ । नाटक गएको जेठ २४ गते काठमाडौंको सर्वनाम थिएटरमा मञ्चन भएको थियो ।





















प्रतिक्रिया