Logo

सुदूरपश्चिम प्रदेश

बैतडीमा दश किलो चरेससहित एक जना पक्राउ



बैतडीमा दश किलो चरेससहित एक जना पक्राउ परेका छन् ।

बझाङको बुङ्गल नगरपालिका–९ बस्ने ३० वर्षीय मानबहादुर धानुक पक्राउ परेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । धानुकलाई विशेष सुराकीको आधारमा सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) र जिल्ला प्रहरी कार्यालय बैतडीको संयुक्त टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए ।

उनले भने, “झोलामा चरेस लिएर पैदल आइरहेका बेला उनलाई समातेका हौँ ।” उनलाई गए राति ११ बजेतिर जिल्लाको पुर्चौडी नगरपालिका–६ को मोडलीधारबाट पक्राउ गरिएको क्षेत्रीय अनुसन्धान समूहले जनाएको छ । पक्राउ परेका धानुकलाई जिल्ला ल्याइँदै गरेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार १०:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।