Logo

सम्पादकीय

नयाँ मन्त्री योगेश भट्टराईका चुनौती



५२ वर्षिया युवा नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएपछि सार्वजनिक बहस लगायत समाजिक संजालमा अधिकांशले आशालाग्दा मन्त्रीका रुपमा उनको तारिफ गरेका छन् । १४ वर्ष देखिनै राजनितिमा होमिएका भट्टराईले विद्यार्थी संगठनमा हुँदा देखिनै सफलता हात पारिरहेका छन् ।

उनको बौद्धिक क्षमता र पार्टी कार्यकर्तासँगको मिजासिलो स्वभावकै कारण उनले विद्यार्थी संगठनको अध्यक्ष हुदैँ मन्त्रीसम्मको पद हासिल गर्न सके । साथै, उनले हालसम्म पाएका चुनौतिहरुलाई संभावनामा बदल्न सफल भए । आशालाग्दा मन्त्री भएकै कारण उनको चर्चा अहिले चुलिएको छ । विगतका दिनहरुमा परिपक्व राजनीतिक संस्कार देखाएका भट्टराइले मन्त्री पद पाएपछि कसरी सबैलाई मिलाएर उपलब्धिमुलक कार्यकाल बनाउनेछन् त्यो भने हेर्न बाँकी नै छ ।

मन्त्री भट्टराईसँग आम सर्वसाधरणले धेरै अपेक्षा गरेका छन् । विगतमा पनि आशलाग्दा नेताहरुको भरोसा गर्दा जनता चुकेका थिए । सरकारी संयन्त्र, विभिन्न मन्त्रालयसँगको समन्वय र व्यवस्थापनमा भट्टराईले विशेष ध्यान दिन आवश्यक छ ।

जनताले सोच्दै नसोचेको लोडसेडिङ अन्त्य गर्दै उर्जा क्षेत्रमा कायापलट गर्न पुर्व उर्जामन्त्री जनार्धन शर्माको टिमले सक्छ भने भट्टराईले पनि त्यस्तै राजनैतिक परिपक्वता देखाएर उपलब्धिमुलक कार्यकाल बनाउन सक्नुपर्छ । भ्रमण वर्ष २०२० को सफलता, नेपाल वायु सेवा निगममा सुधार र यस्तै समग्र संस्कृति, पर्यटन तथा उड्डयन क्षेत्रको विकास हुन सके भट्टराईको राजनैतिक भविष्यकालागि यो जिम्मेवारी महत्वपुर्ण साबित हुनेछ ।

उनले आगामी कार्यकालमा जनतालाई सूचना प्रवाह गर्दै पारदर्शि रुपमा काम गर्न आवश्यक छ । चुनौतिलाई सामना गर्दै आफ्नो जिम्मेवारको बहन गर्न सक्ने नेता नै जननेता हुन्छ । त्यसैले, यी सबै कुराको मुल्यांकन गर्दै मन्त्री भट्टराई आफ्नो कार्यकर्ता सफल बनाउनुपर्छ । मन्त्री भट्टराईलाई शुभकामना !

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार ०५:५५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।