Logo

मधेश प्रदेश

प्रदेश २ का मुख्यमन्त्री राउतको फेसबुक ह्याक, धरानबाट ह्याक गरिएको पारम्भिक अनुसन्धान



आजभोलि सामाजिक सञ्जाल फेसबुक धेरै नै ह्याक हुन थालेको छ । यसै सन्दर्भमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको व्यक्तिगत र मुख्यमन्त्री सञ्चार सचिवालयको फेसबुक पेज ह्याक भएको जनाएको छ ।

फेसबुक पेज लालबाबु राउतको नाममा रहेको ‘सिएम लाल बाबु राउत’ र उनको कार्यालय अन्तर्गत रहको ‘मुख्यमन्त्री सञ्चार सचिवालय’ एकसाथ ह्याक गरिएको हो ।

यी दुबै पेज ह्याक गरी कभर र प्रोफाइल फोटो परिवर्तन गरिएको छ । ह्याक गरिएको प्रोफाइल फोटोमा युवतीको फोटो राखिएको छ । मुख्यमन्त्री सञ्चार सचिवालयको फेसबुकमा चाइनिज भाषाको प्रयोग गर्दै एक युवतीको फोटो राखिएको छ ।

मुख्यमन्त्री सचिवालयका कर्मचारीले बिहान ९ बजेतिर दुबै पेज एकैसाथ ह्याक भएको बताए । उनले साइबर क्राइममा यसबारे जानकारी गराइसकिएको बताए । ‘उक्त पेज प्रदेश १ को धरानबाट ह्याक भएको पाइएको छ,’ उनले भने, ‘यस बिषयमा थप अनुसन्धान साइबर क्राइमको टोलीले शुरु गरिरहेको छ ।

Capture.JPG  

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार १२:५३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।