Logo

मनोरञ्जन

धुर्मुस भन्छन् : निष्पक्ष छानबिन होस, शालिकरामको परिवारले समेत न्याय पाउनुपर्छ



कलाकार तथा अभियन्ता सीताराम कट्टेल धुर्मुसले चितवनमा मृ८त फेला परेका पत्रकार शालिकराम पुडासैनीको परिवारले न्याय पाउने गरी निष्पक्ष छानबिन हुनुपर्ने धारणा राखेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबूकमा आफ्ना धारणा सार्वजनिक गर्दै सबैको आवाज निष्पक्ष छानबिन भएकोमा जोड दिएका छन् । ‘सबैको आवाज दो-षी नउम्कियोस्, निर्दोष नफसोस् भन्ने नै हो, पत्रकार स्व. शालिकराम पुडासैनीको आ-त्म-ह-त्यासँगै भ-ष्ट्राचार, अन्या-य, ढिलासुस्ती र अनियमितताका वि-रुद्ध र दुःखीपी-डितहरुको पक्षमा वकालत गर्ने निर्भिक व्यक्तित्व रवि लामिछाने दाइ अनुसन्धानका लागि प-क्राउ परेपछि उत्पन्न परिस्थितिले हामी सबै दुःखी बनेको अवस्था हो,’ उनले भनेका छन् ।

कट्टेलले घ-टनालाई अतिरञ्जित नबनाई सत्यतथ्य रुपमा छिटोभन्दा छिटो सार्वजनिक गर्न पनि आग्रह गरेका छन् । उनले भनेका छन्, ‘आशा गरौँ, शालिकराम पुडासैनीको परिवारले समेत न्याय पाउने वातावरण सिर्जना गर्न अनुसन्धानमा अब्बल मानिने नेपाल प्रहरी सफल हुनेछ र सत्यको जीत हुनेछ ।’

पत्रकार शालिकराम पुडासैनी चितवनको कंगारु होटलमा झु-ण्डि-एको अवस्थामा श-व फेला परेका थिए । उनले आ-त्म-ह-त्या गर्नु पूर्व रेकर्ड गरेको भनिएको भिडियोमा रवि लामिछाने, अस्मिता कार्की र युवराज कँडेलका कारण आ-त्म-ह-त्या गर्ने अवस्था बनेको आ-रोप लगाएका छन् । भिडियो सार्वजनिक भएपछि प्रहरीले तीनै जनालाई अनुसन्धानका लागि भन्दै प-क्राउ गरेको थियो । उनीहरुमाथि अनु-सन्धान गर्न भन्दै अदालतले प्रहरीलाई दुईपटक गरेर १० दिनको समय उपलब्ध गराएको छ ।

यस्तो छ कट्टेलको पूरा स्टाटस :

अदालतले अनुसन्धानको लागि भन्दै ५ दिनको म्याद थपेको अवस्थामा हामी सबैको एउटै आवाज हो, निष्पक्ष छानबिन । सबैको आवाज ‘दो-षि नउम्कियोस्, निर्दोष नफसोस्’ भन्ने नै हो ।

पत्रकार स्व.शालिकराम पुडासैनीको आ-त्म-ह-त्या (पो-ष्ट-मा-र्ट-म रिपोर्ट अनुसार) संगै भ्र-ष्टाचार, अन्या-य, ढिलासुस्ती र अनियमितताका वि-रुद्ध र दुःखीपीडितको पक्षमा वकालत गर्ने निर्भिक व्यक्तित्व रवि लामिछाने दाई अनुसन्धानका लागि प-क्राउ परेपछि उत्पन्न परिस्थितीले हामी सबै दुःखी बनेको अवस्था हो ।

समाज परिवर्तनका लागि सकारात्मक कार्यहरु गर्ने कोही पनि अन्यायमा पर्नु भनेको न्याय क्षेत्रमाथी नै प्रश्नचिन्ह उठ्ने वातावरण बन्नु हो । आशा गरौं, शालिकराम पुडासैनीको परिवारले समेत न्याय पाउने वातावरण सिर्जना गर्न अनुसन्धानमा अब्बल मानिने नेपाल प्रहरी सफल हुनेछ र सत्यको जित हुनेछ।

साथै घ-टनालाई अतिरञ्जित नबनाई सत्यतथ्य छिटो भन्दा छिटो सार्बजनिक गर्नका लागि अनुसन्धानरत पक्षसँग अनुरोध गर्दछु ।

दुई मिनेट मात्र रविलाई भेटेकी नायिका श्वेताले लेखिन् यस्तो भावूक स्टाटस

शालिकराम पुडासैनी प्रकरणमा हिरासतमा रहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई भेट्न पुगेकी नायिका स्वेता खड्का निकै भाबुक बनिन् । रविलाई भेटर फर्किएपछि उनले सामाजिक सञ्जालमा भावूक स्टाटस लेखेकी छिन् । क-सुर सावित नभए तापनि कसुरदार सरह जीवनयापन गरिरहेका रविलाई २ मिनेट भेट्दा उनले आफ्नो स्वास्थ्य अवस्था मात्र होइन सिन्धुपाल्चोकमा निर्माणाधीन माझी बस्तिकोबारेमा सोधेपछि श्वेता आफू निकै भावूक बनेको जनाएकी छिन् ।

‘निस्चित अवधिभित्र, समुहमा भेट्नुपर्ने नियमानुसार हाम्रो ठूलो टोली रवी दाईलाई भेट्न गएका थियौ । रवी दाईलाई कैदीको रुपमा टाढैबाट पहिलो र्दश्य मेरो आँखामा पर्दा मनमा चसक्क काँडा बिझेसरी भयो ।’ नायिका स्वेताले लेखेकी छिन् ।

“यो अँधेरो केहिबेरको लागी मात्र हो , भोलि बिहान फेरी सूर्य उदाउने छ र नयाँ दृश्य छर्लङ्ग देखिनेछ ” आदरणीय रवी लामिछाने दाईसंग आज भरतपुर कारागारमा भेट्दा उहाँले बोलेको यो वाक्यले मेरो मन छोयो- स्वेताले लेखेकी छिन् ।

उनले फेसबुकमा लेखेको स्टाटस जस्ताको तस्तै

“यो अँधेरो केहिबेरको लागी मात्र हो , भोली बिहान फेरी सुर्य उदाउने छ र नयाँ द्रुश्य छर्लङ्ग देखिनेछ ” आदरणीय रवी लामिछाने दाईसंग आज भरतपुर कारागारमा भेट्दा उहाँले बोलेको यो वाक्यले मेरो मन छोयो । कसुर सावित नभएतापनी कसुरवार सरह जिवन यापन गरिरहेका रवी दाइसंगको २ मिनेटको त्यो भेटमा उहाँले मेरो स्वास्थ्य अवस्था मात्र होईन सिन्धुपाल्चोकमा निर्माणाधिन माझी बस्तिको बारेमा पनि सोध्न भ्याउनुभयो ।

म, रवी दाईसंग जेल भित्र २ मिनेटको भलाकुसारी गरिरहंदा बाहिर उनै रवी दाईको समर्थनमा घन्किरहेको केहि नाराहरुले हामी बिचको संवादमा अवरोध खडा गरिरहेको थियो । ३६ डिग्री को उग्रतापमा गुन्जिरहेको ” हाम्रो देश, हाम्रो रवी , प्राण भन्दा प्यारो छ ” भन्ने आवाजलाई म स्पस्ट सुनिरहेको थिएँ । त्यही आवाजका बिचमा हाम्रो संवाद चलिरहेको थियो ।

………………………..

निस्चित अवधिभित्र, समुहमा भेट्नुपर्ने नियमानुसार हाम्रो ठुलो टोली रवी दाईलाई भेट्न गएका थियौ । रवी दाईलाई कैदीको रुपमा टाढैबाट पहिलो द्रुश्य मेरो आँखामा पर्दा मनमा चसक्क काँडा बिझेसरी भएको थियो ।

त्यती खेरै मैले सम्झें, केहि बर्ष अगाडी मैले रवी दाईको बारेमा सम्प्रेशण गरेको लेख । रबी लामिछाने जस्ता न्यायिक ब्यक्तिको पक्षमा लेखिएको मेरो त्यो लेखको सिर्सक भित्र लुकेको भावलाई नपढी धेरै ब्यक्तीले मलाई नकारात्मक प्रतिकृया दिए । मलाई अपाच्य हुनेखालका अपशब्दहरु प्रयोग गरिए ।

तर म, सँधै न्याय र सामाजिक हितको पक्षमा उभिने एउटी अवला नारी । मैले आजसम्म कुनै राजनैतिक दलको सदस्यता लिइनँ र कुनै ब्यक्तिलाई कुनै एउटा राजनैतिक दलको कार्यकर्ताको रुपमा ब्यवहार वा सोही अनुरुपको संगत गरिंन । मलाई मानवियता भन्दा कुनै दल, धर्म वा बर्ग ठुलो छ जस्तो कहिल्यै महुसुस भएन ।

जतिखेर मैले “रवी लामिछाने दाई जस्तो असल ब्यक्ती सतिले सरापेको यो देशमा काम छैन र उहाँलाई टुँडिखेलमा लगेर फाँसी दिईनुपर्छ ” भन्ने लेख सम्प्रेशण गरेको थिएँ त्यो बेला नेपाली कँग्रेसको सरकार थियो र मलाई त्यसबेला कंग्रेसका झोलेहरुले नेकपा एमाले या माओवादीको दिएका थिए ।

आज म, रवी दाईलाई चितवनामा भेटेर फर्किरहँदा यतिखेर नेकपाको सरकार छ । अब म ढुक्क छु, मलाई नेकपाका केहि झोले कार्यकर्ताहरुले अब नेपाली काँग्रेस वा राजावादी दलको वात लगाउनेछन ।

मलाई कहिले काँग्रेस, कहिले एमाले या माओवादीका साथै राजावादी दलको सकृय कार्यकर्ताको वात लाग्नु कुनै नौलो पनि रहेन । यदी ”राम्रो मान्छेलाई हाम्रो मान्छे” को रुपमा लिंदा कुनै दल वा वर्गको आरोप लाग्छ भने म त्यो आरोपलाई सहर्श स्विकार गर्न तयार रहन्छु । मलाई आरोपका कुनै कुराहरुले फरक पर्ने वाला छैन ।

म न्यायप्रेमी नारी, म स्वतन्त्रताको पक्षधर । मलाई निस्पक्ष र निस्कपट छानविनको अन्तिम निर्णय मान्य हुनेछ । सालिकराम पुडासैनीकी बिधुवी श्रीमती सम्झना पुडासैनीको उजाड सिउँदो र रवी लामिछाने दाईकि निर्दोश श्रीमती निकिता पौडेलले पनि न्याय पाउनु पर्छ । न्याय नडगमगाओस । जे भएको हो त्यही देखोयोस, जे वितेको हो त्यही लेखिओस । न्यायलय प्रतिको हाम्रो आस्था, बिस्वास र भरोसा ओइलाएर नजाओस । मेरो कामना ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार १६:१५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।