प्रदेश न.२ को प्रदेशिक राजधानी तथा नामबारे प्रदेश सभामा आ-आफ्नो प्रस्ताव पेश गर्न सम्पूर्ण राजनीतिक दल तथा प्रदेश सांसदलाई समय दिइएको छ । प्रस्ताव दर्ता गराउने क्रममा नेपाल कम्यूनिस्ट पार्टीकोतर्फबाट राजधानी जनकपुर तथा नाम जानकी प्रदेश राख्ने प्रस्ताव पेश भएको छ ।
साथै कांग्रेसको तर्फबाट राजधानी जनकपुर र नाम मिथिला प्रदेश राख्ने प्रस्ताव पेश भएको छ । तर पर्सा जिल्लाको अधिकान्स प्रदेश सासदहरु आफ्नो पार्टीको निर्णय विरुद्ध प्रदेशिक राजधानी बिरगंज बनाउन छुट्टै प्रस्ताव पेश गरेका छन् ।
यसैबीच हाम्रो अनलाइनपानाको अनौपचारिक कुराकानीमा नेबिसंघ पर्साका सचिव प्रभात सिंहले प्रदेशको राजधानी बिरगंज र नाम मध्यमधेश प्रदेश उप्युक्त हुनेछ भान्ने सुझाव दिएका छ्न् । उनले देशकै अर्थतन्त्र मजबुत बनाउने सहरलाइ राजधानी नबनाएर अन्य स्थानलाई रोज्नु उपयुक्त नहुने बताए ।
उनले ‘मधेस आन्दोलनमा सबै भन्दा ठुलो योगदान वीरगंज र यहाँकाबासिन्दाले गरेका छन्, आफ्नो टाउको र छातीमा गोली खाएर यहाँका जनताले आन्दोलनलाई उपलब्धिमुलक बनाए, ‘देशको आर्थिक राजधानी, देशलाई सबैभन्दा बढि राजस्व दिने नाका र अन्य कयौं कुरामा अगाडि वीरगंजलाई राजधानी नबनाएर जनकपुरलाई रोजे यो एउटा ठुलो अभिसाप हुने बताए ।
साथै प्रदेशको नामबारे कुरा गर्दा नेता सिंहले मधेश तथा सहिदहरुको सम्मानका निम्ति मधेश शब्द तथा मधेशको भू-भागका २२ जिल्ला मध्ये ८ जिल्लामा सिमित भएकाले मध्ये शब्द अर्थात् मध्ये मधेश प्रदेश उपयुक्त हुने बताए । उनेले भने अनुसार, प्रदेशको धेरै जसो नेताहरु मधेश प्रदेश राख्ने पक्षमा देखिएको भन्दै यदि यहाँ हामीले गल्ती गर्यौ भने निश्चित रुपमा हाम्रो मधेश ८ जिल्लामा सिमित भएर जाने छ।
पछिल्लो निर्वाचनमा पनि मधेसी दलका नेताहरुले मात्रै ८ जिल्लाको निर्वाचन तेस्रो चरणमा सार्न लगाको थिए, त्यो हाम्रो मधेशको लागि ठुलो गल्ती भएको थियो र अब फेरि मधेश शब्द मात्र ८ जिल्लाको लागि राखी दोस्रो गल्ती नगरिदिन बिद्यार्थी नेता प्रभात सिंहले अनुरोध समेत गरे ।





















प्रतिक्रिया