प्रदेश नं २ को राजधानी तथा नामकारण सम्बन्धमा प्रदेशसभा सचिवालयले प्रस्ताव दर्ता गराउन दिएको समयसिमा आज सकिँदै छ । नेपाली कांग्रेसले प्रदेशको नाम मिथिला भोजपुरा तथा राजधानी जनकपुर नै राख्नका लागि प्रस्ताव गरेको छ ।
नेपाल कम्य्निष्ट पार्टि ९नेकपा०ले भने प्रदेश २ को नाम जानकी तथा राजधानी जनकपुरनै राख्न प्रस्ताव गरेको छ । राजपा तथा समाजवादी पार्टिले संयक्त रुपमा प्रस्ताव दर्ता गराउदै छन् ।
यसैबिच नेपाल कम्युनिस्ट पार्टीको निकट युवा संगठन युवा संघको चर्चित युवा नेता मोहम्मद निजामुदिनले प्रदेश २ को नाम मधेश प्रदेश तथा राजधानी वीरगञ्ज नै हुनुपर्ने माग गरेका छन् । प्रदेशको नाम पनी मधेसको संस्कृती, परम्परा र महानतालाई झल्काउने राख्नु पर्ने सुझाव उनले दिएका हुन् ।
प्रदेशको राजधानी वीरगंजलाई नबनाएर अन्य कतै सारे ठुलो विवाद समेत् हुनसक्ने बताए । उनका अनुसार राजधानी वीरगञ्ज तथा प्रदेशको नाम मधेश नभए युवा संघ कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।
स्रोतका अनुसार राजधानी जनकपुर तथा प्रदेशको नाम मिथिला मधेश राख्न सबै दलमा आन्तिरक सहमत भईसकेका छन् ।





















प्रतिक्रिया