Logo

बागमती प्रदेश

पुडासैनी मृत्यु प्रकरण : भरतपुरमा प्रहरी र लामिछाने समर्थकबीच झडप



जिल्ला प्रशासन कार्यालयले जिल्ला अदालत र प्रहरी कार्यालय वरपरका क्षेत्रमा निषेधाज्ञा जारी गरेपनि रवि लामिछाने समर्थक र प्रहरीबीच झडप भएको छ । भरतपुरको चौबिसकोटीमा लामिछाने समर्थक र प्रहरीबीच झडप भएपछि प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको छ।

गस्तीमा रहेको प्रहरी टोलीमाथि लामिछानेका समर्थकले ढुंगा प्रहार गरेपछि झडपको वातावरण सिर्जना भएको प्रहरीले जनाएको छ । लामिछानेका समर्थकहरुले २ वटा गाडी समेत तोडफोड गरेका छन् ।

रवि प्रकरणमा चितवनका एसपी मल्लले खोले मुख, धमलामाथी खनिए समर्थक

टेलिभिजन प्रस्तोता रवि लामिछाने प्रकरणले अहिले देशको माहोल तातेको छ । रवि लामिछाने बिरुद्ध मुद्दा दर्ता भएको छ भने अब उनको फैसला अदालतले गर्ने छ । रवि लामिछाने र पत्रकार युवराज कँडेलको बयान सकिएको छ । यसअघि आइतबारै अस्मिता भनिने रुकु कार्कीको बयान सकिएको थियो । सोमबार जिल्ला अदालत चितवनमा उपस्थित गराइएका लामिछाने र कँडेलको बयान सकिएलगत्तै थुनछेक बहस सुरु भएको छ । जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासमा बहस भइरहेको हो ।

वादी र प्रतिवादीको बहसपछि अदालतले तीनै जनालाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षका लागि थुनामा राख्ने भन्ने बारे निर्णय गर्नेछ । सोमबार अदालतले रविको बयान लिइ सकेको छ । जिल्ला अदालत चितवनमा उपस्थित गराइएका रवि र कँडेलको बयान सकिएलगत्तै थुनछेक बहस सुरु भएको छ । जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासमा बहस भइरहेको हो ।

प्रशासनले जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत वरिपरि निषेधाज्ञ गरेको छ । समर्थकदेखि डराएको सरकारले चितवनमा बलमात्र प्रयोग गरेको छैन निषेधित क्षेत्र नै तोकेको हो ।
आइतबार भएको प्रदर्शनमा रवि लामिछोन समर्थक र प्रहरीबीच झडप समेत भएको थियो । चितवन प्रहरी प्रमुख दानबहादुर मल्लले रवि लामिछानेको मुद्दा अदालतमा पुगको र अब कानुनी प्रकृयामै अगाडी बढ्ने बताएका छन् ।

लामिछानेसहितको मुद्दाको टुङ्गो लाग्ने भन्दै ठूलो सङ्ख्यामा समर्थकहरुले प्रदर्शन गरेका थिए । साँझ अदालतबाट उनीहरुलाई प्रहरी कार्यालयमा ल्याउने क्रममा प्रहरीले समर्थकहरुलाई तितरवितर गर्न केही सेल अश्रुग्यास प्रहार गरेको थियो । सो क्रममा समर्थकहरुले प्रहारीमाथि ढुङ्गा प्रहार गरेका थिए ।

त्यसकै निहुँमा चितवन जिल्ला प्रशासन कार्यालयले सदरमुकाम भरतपुरका तोकिएको स्थानमा पाँच जनाभन्दा बढी मानिस एकै ठाउँमा जम्मा हुन समेत निषेध गरेको छ । रवि प्रकरण पछि रविका समर्थकहरुले मल्ल बिरुद्ध बिभिन्न आरोप लगाएका बेला मल्लले भने भीडले कानुनी व्यवस्था उल्टाउन नसक्ने बताए । उनले प्रहरीलाई प्रदर्शनकारीहरुले ढुंगाले हानेपछि जवाफ स्वरुप प्रहरीले हानेको उनले बताए ।

यता पत्रकार ऋषि धमलालाई पनि स्थानीयहरुले आक्रोश पोखेका छन् । टेलिभिजनको कार्यक्रममा शालिकरामको भिडियो सत्य भएको जानकारी गराएकै कारण रविका समर्थकले पत्रकार धमलामाथी आक्रोश पोखेका हुन् । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र रुकु कार्की वि-रुद्ध जिल्ला अदालत चितवनमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय चितवनले उनीहरु विरुद्ध आइतबार दिउँसो मु-द्दा दर्ता गराएको हो ।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीमाथिको अनुसन्धान प्रहरीले पूरा गरी उनीहरुलाई आइतबार जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरिएको छ ।

प्रहरीले लामिछानेसहित तीन जनालाई पक्राउपछि दोस्रो पटक माग गरेको समय शनिबार सकिएको थियो । सरकारी वकिलले आजै अदालतमा मुद्दा दर्ता गरेमा अभियुक्तलाई साधारण तारेखमा छोड्न सक्नेछ । साथै धरौटी वा थुनामा राख्ने भन्ने विषयमा वादी र प्रतिवादीको बहस हुने बताइएको छ ।

जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा अनुसन्धानमा खटिका केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक दीपक रेग्मीले आफ्ना तर्फबाट अनुसन्धानको काम सम्पन्न गरी सरकारी वकिलको कार्यालय पठाइएको जानकारी दिए।

अनुसन्धानका क्रममा सो घटनामा आ-त्म-ह-त्या गर्न दुरुत्साहन गरिएको प्रमाणसमेत पेश गरिएको उनले बताए। सरकारी वकिल कार्यालय र अदालतले थप प्रमाण माग गरेमा सोही अनुसार काम अघि बढाइने उनको भनाइ थियो ।

अनुसन्धानका क्रममा भिडियो बाहेकका प्रमाण जुटे पनि सार्वजनिक गर्न नमिल्ने प्रहरी उपरीक्षक रेग्मीले बताए । एक सातादेखि आफूले निष्पक्ष ढङ्गबाट घटनाको अनुसन्धान गर्दै आएको र बाह्य दबाब थेग्नु नपरेको जानकारी दिँदै उनले भने,“भिडबाट न्याय खोज्ने परम्परालाई निरुत्साहित गरी न्यायलयबाटै न्याय खोज्ने परम्परा थाल्नुपर्छ ।”

घटना भएपछि प्रहरी प्रधान कार्यालयले आफूलाई अनुसन्धानका लागि खटाएको र सोही अनुरुप आफ्नो काम सम्पन्न गरेको प्रहरी उपरीक्षक रेग्मीको भनाइ थियो ।

उनले यस मुद्दामा तीन प्रतिवादीमाथि लगाइएको दोष फरक फरक देखिएको भन्दै यसको निक्र्यौल अदालतले गर्ने बताए । सरकारी वकिलले आज जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको जनाएको छ । सो कार्यालयमा बिहान १० बजे नै प्रहरीले प्रमाणसहितको फाइल र अभियुक्तलाई पेश गरेको थियो ।

लामिछानेसहित तीन जनालाई साउन ३० गते प्रहरीले काठमाडौँबाट पक्राउ गरेको थियो । उनीहरु पक्राउसँगै समर्थकले रिहाइ गर्नुपर्ने माग गर्दै दिनहुँ यहाँ प्रदर्शन गरिरहेका छन् ।

मुलुकी संहितामा आ-त्म-ह-त्या गर्न बाध्य पार्नेलाई कारवाही हुने व्यवस्था छ । आ-त्म-ह-त्या दुरुत्साहनमा पाँच वर्षसम्म कैद र रु ५० हजारसम्म जरिवाना हुने व्यवस्था छ । यसै प्रकारका अन्य छ मुद्दा उक्त अदालत चितवनमा दर्ता भइसकेका छन् ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार ०८:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।