वरिष्ठ अभिनेताहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संचारकर्मी रवि लामिछानेलाई फसाउन खोज्ने कानुन खारेज गर्न माग गरेका छन् । चितवनमा सोमबार रवि लामिछानेको अदालतमा बहस चल्दै गर्दा बाहिर सडकमा समर्थकहरुसंग रहेका वरिष्ठ अभिनेताहरुले लामिछानेलाई फसाउन खोज्ने कानुन खारेज गर्न माग गरेका हुन् ।
हरिवंशले भने, ‘भोलि कसैले बालुवाटार अगाडि आ-त्म-ह-त्या गर्ला र गर्नुअघि मलाई आ-त्म-ह-त्या गर्न दुरुत्साहन गर्नेहरु ‘यी हुन्’ भनेर ठूला मान्छेको नाम लियो भने ‘ती ठूला मान्छे’ लाई सोधपुछ गर्न हिरासतमा लिने कि नलिने ?’ पत्रकार सालिकराम पुडासैनीले आ-त्म-ह-त्या गर्नुअघि आफूलाई आ-त्म-ह-त्या गर्न वाध्य पार्नेहरु रवि लामिछाने, पत्रकार युवराज कणेल र नर्स अस्मिता कार्की भएको आरोप लगाएका थिए ।
उक्त भिडियोका आधारमा प्रहरीले साउन ३० गते उनीहरुलाई पक्राउ गरी चितवन लगेको थियो । प्रहरीले पाँच दिन अनुसन्धान गर्न भन्दै पहिलो चरणमा र अदालतले पाँच दिन थप अनुसन्धानका लागि भन्दै दोस्रो चरणमा गरी १० दिन हिरासतमा राखेको थियो ।
सोमबार साँझ रवि लामिछाने ५ लाख रुपैयाँ धरौटी राखेर छुटेका छन् । त्यस्तै युवराजले ३ लाख धरौटी राखेका छन् भने अस्मिता साधारण तारेखमा छुटेकी छिन् । यो कानुन गत भदौदेखि लागु् भएको हो । यही आरोपमा १३२ भन्दा बढी पक्राउ परिसकेका छन् ।
यही सन्दर्भमा अभिनेताद्धय मदनकृष्ण र हरिवंशले यस्तो कानुनको विरोध गरेका हुन् । ह-त्यारा नै कार्वाही नगर्ने सरकारले कसैले दुरुत्साहन गरेको भन्दै कार्वाही गर्नुलाई आफै पनि हाँस्यास्पद भनी टिप्पणी हुन थालेको छ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि ह-त्या भएको १३ महिना पुगिसकेको छ । अहिलेसम्म सरकारले ह-त्यारा र बलात्कारी पत्ता लगाउन सकेको छैन ।
यस्ता घटना थुप्रै भएका छन् । यतातर्फ अभिनेताद्धयहरुले जोड दिँदै सुशासन कायम गर्न आग्रह गरेका छन् । उनीहरुले गलत कानुन संशोधन गर्नुपर्ने माग गरेका हुन् ।
रवि लामिछानेद्धारा पत्रकार सम्मेलन, दिउँसो नारायणी किनारामा धन्यवाद ज्ञापन, ‘सीधा कुरा जनतासंग’ शनिबारदेखि प्रसारण हुने
पत्रकार सालिकराम पुडासैनी आ-त्म-ह-त्या दुरुत्साहन अभियोगमा पक्राउ परी धरौटीमा रिहा भएका संचारकर्मी रवि लामिछानेले मंगलबार बिहान पत्रकार सम्मेलन गरेका छन् । चितवनस्थित ग्लोबल होटलमा औपचारिक रुपमा कार्यक्रम गरी लामिछानेले हिरासतमा रहँदा आफूलाई थप उर्जा मिलेको र जनतासंग सिधा कार्यक्रम थप सशक्त बनाएर लैजाने बताएका छन् ।
उनले पत्रकार सम्मेलनमा भने, ‘म त्यो दिन स्टुडियो जान पाएको भए मैले प्रमाणित गर्थें । अब सम्मानित अदालतले मलाई यो मुद्दाबारे केही नबोल्न भनेको छ । यो मुद्दाको अन्तिम किनारा नलागेसम्म नबोल्नु भनेकाले मैले बोल्नुहुँदैन ।’ सबै मिडियामा आफ्नो समाचार नआएको बारे बोल्दै रविले भने, ‘मैले यसबारे के भनौं सायद उहाँहरुलाई लागे होला यो समाचारको अर्थ छैन । तर जसजसले यसको महत्व छ भनेर लाग्नुभयो उहाँहरुप्रति आभारी छु ।’
उनले यो घटनालाई लिएर जति पनि पक्राउ परका छन् उनीहरुको तत्काल रिहाइका लागि माग गर्ने पनि बताएका छन् ।उनले भने, ‘हिरासतमा बस्दा पनि त्यतिबेला आएका मुद्धाहरु सुनें आफूलाई त्यहाँ पनि दुःख लाग्यो । तर उहाँहरुले बाहिर भएका घटनाबारे सुनाउँदा आफ्नो छाती गौरबले फुलेको थियो ।’
उनले आफ्नो रिहाईका लागि गरिएका प्रयासका लागि सबैलाई धन्यवाद दिएका छन् । उनले सकेसम्म सबैलाई भेटेर नै धन्यबाद दिने योजना बनाए पनि सफल हुन नसकेको बताएका छन् । रवि लामिछानेले मंगलबार दिउँसो २ बजे नारायणी किनारामा कार्यक्रम गर्दै सबै समर्थकलाई धन्यवाद ज्ञापन गर्ने कार्यक्रम रहेको छ ।
उनले न्यूज २४ बाट प्रसारित हुने कार्यक्रम ‘सीधा कुरा जनतासंग’ आगामी शनिबार (भदौ १४ गते) बाट निरन्तरता दिने बताएका छन् । हाम्राकुरासंग कुरा गर्दै उक्त कार्यक्रमका निर्माता दिपक बोहराले भने, ‘शनिबारमात्र स्टुडियोमा छिर्छु भन्नुभएको छ त्यही दिनदेखि कार्यक्रम अगाडि बढ्छ ।’
बोहराले रविसहितको टिम मंगलबारै काठमाडौं आइपुग्ने बताएका छन् । संचारकर्मीद्धय लामिछाने र युवराज कँडेल जनही क्रमशः ५ लाख र ३ लाख रुपैयाँ धरौटीमा रिहा भएका हुन् भने नर्स अस्मिता कार्की साधारण तारेखमा रिहा भएकी हुन् ।





















प्रतिक्रिया