राक्सिङ गाउँपालिकाले भदौ २२ गते आइतबार सार्वजनिक बिदा दिएको छ । चेपाङ जातिको छोनाम पर्वको अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो । गाउँपालिका अध्यक्ष राजकुमार मल्लले विज्ञप्ती जारी गर्दै २२ गते न्वागी पनि परेकाले न्वागी उत्सव गरिने बताएका छन्।
यो पनि पढ्नुहोस
आइसीसीको नयाँ वरियता : धोनी भन्दा पारस खड्का अगाडि
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले टी २० को नयाँ वरियता सार्वजनिक गरेको छ । जसमा तीन जना नेपाली खेलाडी अटाएका छन् । नेपाली क्रिकेट खेलाडी पारस खड्का, बसन्त रेग्मी र सोमपाल कामीले बरियतामा स्थान बनाएका हुन् ।
नेपाली राष्ट्रिय टोलीका कप्तान खड्का टी २० अलराउण्डर तर्फ २७ औ स्थानमा छन् । उनले भारतका रोहित शर्मा, वेस्ट इण्डिजका क्रिस गेललगायतलाई पनि पछि पारेका छन् । त्यस्तै सोमपाल ६७ औं स्थानमा अटाएका छन् ।
त्यस्तै ब्याटिङतर्फ पारस ६८ औं स्थानमा रहेका छन् । उनी भन्दा पछाडि भारतका पूर्व कप्तान महेन्द्र सिंह धोनी परेका छन् । उनी ६९ औ स्थानमा छन् । बलिङमा सोमपाल र बसन्तले स्थान बनाएका छन् । बसन्त ७२ औं स्थानमा छन् भने सोमपाल ७८ औं स्थानमा छन् ।





















प्रतिक्रिया