सर्बोच्च अदालतले बहुराष्ट्रिय कम्पनी एनसेलबाट पुँजिगत लाभकर असुल नगर्ने आदेश दिएपछि यो बिसयमा राजनैतिक दलका प्रभावशाली नेता, सांसद हुँदै अब सार्वजनिक छवि बनाएका कलाकारले पनि आफ्नो मुख खोलेका छन् ।
यसै क्रममा चर्चित हास्य कलाकार केदार घिमिरे माग्ने बुढाले पनि मुख खोलेका छन् । अनलाइनपानासँग कुरा गर्दै चर्चित हास्य कलाकार घिमिरेले ठेलागाडामा सेलरोटी पकाएर बेच्ने सर्वसाधारणले चाहिँ कर तिर्नुपर्ने तर देशकै सबैभन्दा ठूलो बहुराष्ट्रिय कम्पनी र सबैभन्दा धेरै मुनाफा कमाउने कर किन नतिर्ने ? भन्ने प्रश्न खडा भएको टिप्पणी गरे ।
ठूला कम्पनीले कर नतिर्ने अनि साना कम्पनी र ब्यक्तिले कर तिर्ने नसक्ने अनि देश कसरी बन्छ भन्ने प्रश्न गर्दै एनसेलले सरकारले निर्धारण गरेको पुँजिगत लाभकर तिर्नैपर्ने पक्षमा आफ्नो मत जाहेर गरेका छन् । एनसेल पुँजिगत लाभकर बिवादमा सर्बोच्चले फैसला गरे सँगै उक्त फैसला नेपालको न्यायीक इतिहासकै सर्वाधिक बिबादास्पद फैसला बनेको छ ।
४३ लागे ‘माग्ने बुढा’
हाँस्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ ४३ वर्ष लागेका छन् । टेलिश्रृङ्खला ‘मेरी बास्सै’बाट चर्चामा आएका केदार गएको वर्ष अल्सरको बिरामी भएका थिए । लामो समय उपचारपछि उनी पूर्ण रुपमा निको भएका छन् ।
२०३२ सालमा मकवानपुरमा जन्मेका केदारले कलेज पढ्न काठमाडौं आउने क्रममा कलंकीमा क्यासेट पसल सञ्चालन गरेका थिए । २०५८ सालमा रेडियो एचबीसीबाट उनको कलायात्रा सुरु भएको थियो । सन्तोष पन्त निर्देशित ‘हिजो आजको कुरा’बाट अभिनय सुरु गरेका केदार ‘मेरी बास्सै’वाट अत्याधिक चर्चामा आएका थिए ।
सर्वाधिक सफल चलचित्र ‘छक्का पञ्जा’को कलाकार एवं निर्माता केदार ‘छक्का पञ्जा’को सुटिङपछि बिरामी परेका थिए । बिरामी हुँदा केही समय अभिनयमा निस्त्रिmय केदारको अहिले काममा सक्रियता बढेको छ । पछिल्लो समय ‘खास खुस’ नाम राखेर सिरियल निर्माण गरेका केदारले केहि म्युजिक भिडियो र विज्ञापनमा समेत अभिनय गरेका छन् ।





















प्रतिक्रिया