Logo

मनोरञ्जन

लोकगीतमा निखिल



गुमनाम रहेका निखिल उप्रेती काँचको पर्दामा नदेखिएको लामै समय भइसक्यो । उनलाई नेपाली दर्शकले फिल्ममा खोजिरहेका थिए तर फर्किएका छन्, लोकगीतमा अभिनय गरेर । फिल्ममा कतै काम नपाएका निखिल अन्ततः पहिलो पटक लोकगीतमा नृत्य गर्दै देखा परेका छन् । ‘धानको चामल धानैको चिउरा’ बोलको गीतमा उनी कम्मर मर्काउँदै देखापरेका हुन् ।

अब समस्या के छ भने पहिला फिल्ममा पनि उत्ति नाच्न जान्ने हिरोको छवि बनाएका होइनन् उनले । अब लोकगीतमा त छमछमी ननाची धरै पाइँदैन । यस्तोमा उनले के गरे होलान् ?

हुन त पैसा भएपछि उनलाई हल्लिन केको डर ? उनी हल्लिएकै पनि पैसा लिएर हिट भएका हुन् ।

‘आयो भैरव’ भन्ने फिल्म बनाउने हल्ला चलाइरहेका बेला उनलाई शिव विकले कसरी हल्लाए होला भन्ने धेरैलाई चासो छ । कला लम्साल, बद्री पँगेनी र चन्द्र शर्माको स्वरको यो गीत निखिल आफू छिटो र पपुलर हुन देखापरेका हुन् कि खाली समयलाई सदुपयोग गरेका हुन्, उनै जानून् । हामी त अहिलेलाई यत्ति भन्छौँ, काँचका पर्दामा भन्दा उनलाई त सेतोपर्दामै बढ्ता सुहाउँछ !

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार ०६:०२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।