Logo

मनोरञ्जन

सुमन बुढा अवार्डको नाममा सभामुख महरा बन्न खोजेपछि…



नेपालमा पछिल्लो समयमा ब@ला@त्का@रका घट्नाहरु घट्ने क्रम जारी छन् । नेपाली नारीहरुले जस्तो दुरब्यवहार पनि सहन पर्ने स्थिती रहेको छ । केही समय अघि रोशनी शाही  र सभामुख कृष्ण बहादुर महराको ब@ला@त्कार का@ण्डले नेपालमा उग्र रुप लिएको थियो । त्यो कुरा सबैलाई थाहा नै छ । त्यस का@ण्ड पछि सभामुख कृष्ण बहादुर महराले सभामुख पदबाट राजिनामा दिनु परेको थियो ।

हाल: रोश्नी र कृष्ण बहादुर महराको का@ण्ड सलाउन नपाउदै मोडल छिरिङ डोमा शेर्पा “जेन्निफर” सँग “वर्ल्ड नेपाली म्युजिक अवार्ड न्युयोर्क २०१९ ” अवार्ड वितरण व्यवस्थापक समितिका महासचिव सुमन बुढाले अवार्ड दिन्छु भन्दै सेक्स प्रस्ताव राखेको कुरा चर्चामा रहेको छ ।

यस अवार्डमा आँच आउने काम गरेको भन्दै सो अवार्डको आयोजकले सुमन बुढालाई निलम्बन गरेको छ । सुमन बुढा गायक पनि हुन् । उनको यो ब्यवहारले गर्दा नेपाली कलाकारितामा ठुलो बे.ईज्जत भएको छ । यस्तै ब्यक्तीहरुले गर्दा नै नेपाली कलाकारहरु कलाकार हुँ भनेर गर्व गरेर हिन्न पनि लाज भएको छ । पूर्व सभामुख कृष्ण बहादुर महराको काण्ड पछि सुमन बुढाको काण्डले नयाँ रुप लिन सक्ने पत्रकारहरुको अनुमान रहेको छ । के सुमन बुढा पनि सभामुख कृष्ण बहादुर महरा बन्न खोजेका त हैनन् ?

“वर्ल्ड नेपाली म्युजिक अवार्ड न्युयोर्क २०१९” अवार्ड वितरण व्यवस्थापक समितिका महासचिव सुमन बुढाले एकजना महिला कलाकारसँग यौ.न प्रस्ताव गरेको खुलासा भएको छ । मोडल छिरिङ डोमा शेर्पा “जेन्निफर” सँग बुढाले यौ.न सम्पर्कका लागि प्रस्ताव गरेका हुन् ।

शेर्पाले सामाजिक सञ्जाल फेसबुकमा बुढाले आफूलाई विभिन्न बहाना बनाएर यौ.न सम्पर्कका लागि दवाव दिएको बताएकी छिन् । म छिरिङ डोमा शेर्पा “जेन्निफर” करीब ४ वर्ष भएछ मैले कलाकारिता क्षेत्रमा पाइला टेकेको । उनले भनेकी छिन् “आज म माथि ठूलो बज्रपात खसेको छ । मलाई तपाईंहरूको साथ र सहयोगको खाचो छ” ।

करीव ३ महिनादेखि संचालन र डेड हप्तादेखि शुरु भएको वर्ल्ड नेपाली म्युजिक अवार्ड न्युयोर्क २०१९ भोटिङ चलिरहँदा मलाई यही कम्पनीको माहासचिव साथै कलाकर संघ अमेरिकाको अध्यक्ष जस्तो पदमा बसेको सुमन बुढा मगर नाम गरेको व्यक्तिले बारम्बार इमोश्नल ब्ल्याकमेलिङ गर्ने गरेको र से#क्सुअल ह्या@रेसमेन्ट गर्न खोजेको छ ” मोडल शेर्पाले भनेकी छिन् ।

पहिला त मलाई आनेक थरी लेखेर लोभ देखाउनुभयो । तिमीलाई टप थ्रीमा पुर्‍याउन सहयोग गर्छु नि भन्नुभयो’ उनले फेसबुकमा लेखेकी छिन्, । अनि अहिलेबीचमा मलाई हेलिकप्टरमा मनाङ घुम्न जाने । पोखराको होटेलमा हामी दुई बस्न जाऔँ भन्ने जस्ता प्रस्ताव रख्नु भयो ।

‘धेरै चोटी प्रस्ताव राख्दा पनि अस्वीकार गरेपछि मलाई चेतावनीको साथ सामाजिक संञ्जालमाब्लक गरिदिनु भएछ’, उनले भनेकी छिन् । ‘यतिका दिनदेखि मैले गरेको दुःख, मेहनत खर्च गरेको छु । समय, पैसा, तपाईंहरूको साथसहयोग सबै पानीमा मिलेको छ’ शेर्पाले भनेकी छिन्, ‘अब मैले न्याय खोज्न कहाँ जाने ? यस्तो व्याक्तिलाई के सजाय दिने ?

यस्ता व्याक्तिलाई ठाउँमा ल्याएर सजाय दिलाउन उनले माग गरेकी छिन् । ‘यस्ता कुविचार भएका व्यक्तिलाई सामाजबाट बहिस्कार गरौँ’, उनले भनेकी छिन् । अमेरिका मात्रै होइन यस्ता घटना नेपालभन्दा बाहिर हुने कार्यक्रमहरूमा नेपाली महिला कलाकारहरूलाई यस्तै खालका नाजायज दवाव दिने गरेका समाचार आइसकेका छन् । अमेरिकामा यस्ता खालका धन्दा चलाएका संस्थाका पूरै टिमलाई कारबाहीको माग उठेको छ ।

मोडल शेर्पालाई बुढाले यौ.न प्रस्ताव राखेको घटना बाहिर आएपछि “वर्ल्ड नेपाली म्युजिक अवार्ड न्युयोर्क २०१९” अवार्ड वितरण व्यवस्थापक समितिका तर्फबाट दावा शेर्पा र सुरज राईले विज्ञप्ति जारी गरेर सुमन बुढालाई संस्थाबाट हटाएको जनाएका छन् । सुमन बुढालाई मात्रै होइन यो कार्यक्रम आयोजक सबैलाई कारबाहीको माग उठेको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार १०:४३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।