Logo

शेयर बजार

महिनाको अन्तिम दिन सेयर बजारमा सामान्य सुधार, कारोबार रकममा आएन चमक



सेयर कारोबारको लागि यो महिनाको अन्तिम दिन बिहीबार सेयर बजार सामान्य नै देखिएको छ । तर कारोबार रकममा भने सन्तुष्ट हुने ठाँउ देखिएको छैन । नेप्से मापन गर्ने सूचक ०.७१ प्रतिशतले बढेर ११३७.७५ बिन्दुमा रोकिएको छ ।

१६० कम्पनीको ९ लाख ९८ हजार कित्ता सेयर १८ करोड २९ लाख ९४ हजार ९०५ रुपैयाँको सेयर किनबेच भएको छ । ११ कम्पनीको कारोबारमा बैंकिङ ०.७५, जलविद्युत ३.७९, वित्त कम्पनी २.४४, निर्जीबन बीमा कम्पनी ३६.८६, माइक्रोफाइनान्स २.१७, जीवन बीमा कम्पनीको परिसूचक १३.०७ अंकले बढेको छ ।

कारोबार रकमको आधारमा प्रभु बैंक अग्रस्थानमा रहेको छ । प्रभु बैंकको १ करोड ९९ लाख ९८ हजार ८४९ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः मेगा बैंकको संस्थापक र सनराइज बैंक रहेको छ ।

कारोबारमा सानिमा इक्वीटी फण्ड, नबिल इक्विटी फण्ड, घोडीघोडा लघुवित्त वित्तीय संस्था, एनएलजी इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन भने माहुली सामुदायीक लघुवित्त वित्तीय संस्था, सूर्य लाइफ इन्स्योरेन्स, लक्ष्मी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार १०:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।