धानको खेतीभित्र्याएर गहुँलगाउने बेला सुदुरपश्चिममा रसायनिकमल अभाव भएको छ । नेपाल सरकारले अनुदानमा वितरण गर्ने रसायनीकमलको हरेक वर्ष जस्तै यसवर्ष पनि अभाव देखिएको हो । किसानहरु यस बर्ष पनि मलखोज्न ठाउँ ठाउँमा दौडधुप गरिरहेका छन् । ‘प्रदेशमा हरेक बर्ष मल अभाव हुने कुरा सबैलाई थाहा छ’कैलालीको जोशिपुरकालाल सिंह कठरियालेभने ‘कसैले पनि किसानहरुको पिडा बुझीदिएका छैनन् ।’
हिउँदे बालीलगाउने समयमा यस बर्ष पनिमल नपाएपछि उनी हैरानबनेको बताउँछन् । ‘धानको बेलामलअभाव, गहुँको बेलापनिमलअभाव । किसानहरुले कसरी खेतीगर्ने’ लालसिहले भने ‘सरकारले यसको समाधानगर्नेपर्छ ।’
धानबालीभित्र्याएर गहुँ, तोरी, मसुरो, आलु लगायतहिउँदे बालीलगाउने समयमा सुदूरपश्चिम प्रदेशमामलको अभावभएको हो । खेतको खनजोत गर्ने समयमायस बर्ष पनिमल नपाएपछि रित्तो हातघर फर्किनु परेको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ जाईकी पदमा चौधरीले बताइन् । उनले मलनहुदाँ खेतीगर्न निकै समस्या भईरहेको बताइन् । ‘सबैले खेतमा आलु, तोरी, मसुरो सँगै अन्यतरकारी लगाइसके । आफु भने अहिले पनिमलखोज्दै हिन्नु परेको छ’ पदमाले भनिन् ।
सुदुरपश्चिम प्रदेशमा पनिअहिले मलमौज्याद शुन्य छ । प्रदेशमाप्रत्येक वर्ष १५ हजार मेट्रिक टन युरिया र १० हजार मेट्रिक टन डीएपीको आवश्यकताहुने कुरा सम्वन्धीतनिकायलाई जानकारी हुँदाहुँदै पनिमलको आपुर्तीमा सहजताभने आउन सकेको छैन् ।
‘सहकारीमा मल लिनआउँदा जहिले पनिमल छैन भनेर फर्काइ दिन्छन्’ धनगढी उप-महानगरपालिका ५ कीबिनाचौधरीले भनिन् ‘यस बर्ष पनिमलअभावमा खेती समयमागर्न नपाइने भयो ।समयमा तरकारी र गहुँ लगाउन पाइएनभने खेतीउब्जाउ नै घटेर जान्छ ।’
धनगढी उपमहानगरपालिका ५ काशिवमचौधरीले पनिमल अभावको समस्याबर्षौ देखि यथावत रहेको बताए । उनले भने ‘भन्ने बेलानेताहरुले प्रदेशलाई कृषिमाआत्मनिर्भर बनाउँछौं भन्छन् । नेताले प्रदेलाई भाषणबाट मात्रै कृषिमाआत्मनिर्भर बनाउने भए ।’
गतबर्ष पनि यससिजनमा मलनपाएका किसानहरुले यस बर्ष पनिआवस्यक परेको बेलाप्रदेशमा मलपाएका छैनन् । जसकाकारण उनीहरु छिमेकीमुलुक भारतबाट मलल्याउने मनसायबनाउन थालेका छन् । ‘यहाँमल नपाएपछि के गर्नु र हजुर ? खेती त जसोतसो भएपनिगर्नै पर्यो । त्यसैले गुणस्तरहिनभएपनिभारतबाट मलल्याउनुपर्ने बाध्यता छ’ धनगढी उपमहानगरपालिका रमेश चौधरीले गुनासो पोखे ।
सुदुरपश्चिममा अनुदानमा मल बिक्रि बितरण गर्ने जिम्मा पाएको साल्ट्र ट्रेडिङ कर्पोरेशन लिमिटेड अञ्चलकार्यालय धनगढी र कृषि सामग्री केन्द्र लिमिटेड क्षेत्रियकार्यालय धनगढीले पनिकार्यालयमामलमौज्यादशुन्य रहेको बताएको छ । साल्ट्र ट्रडिङ्ग कर्पोरेशन लिमिटेड अञ्चलकार्यालय धनगढीका सहायकमहाप्रबन्धक केशब प्रसाद पाण्डेले प्रदेशमाकिसानको मागअनुसार नआउँदा समस्याहुने गरेको बताए ।
सुदुरपश्चिममाहरेक सिजनमा ३० हजार देखि ३५ हजार मेट्रिक टन मलआवश्यक पर्ने भएपनिसरकारले त्यसको ५० प्रतिशतमात्रै किसानलाई उपलब्ध गराउने भएकोले मलअभावको समस्या दोहोरिदै आएको उनको भनाइ छ । ‘सरकारले किसानहरुको मागअनुसार कहिल्यै मलखरिद गरेन । त्यसैले यो समस्या हरेक सिजनमा दोहोरिन्छ’उनले भने ।
अहिले कुनै कार्यालयसंग रसायनीकमलको मौज्दात नरहेको कृषि सामाग्रीकम्पनी लिमिटेड धनगढीका प्रमुखनवलसिंह बोगटीले बताए । तर, उनीअधिंकास किसानहरुले मलपाएको दावी गर्छन् । ‘प्रदेशमाचालु आर्थिक वर्षमानौ हजार १७ मेट्रिक टन यूरीया र ६ हजार एक सय ४ मेट्रिक टन डीएपी कृषि सामाग्रीकम्पनी लिमिटेड र छ सय ८० मेट्रिक टन यूरीया र दुई हजार पाँच सय मेट्रिक टन डीएपी साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडले सहकारीलाई वितरण गरेको छन्’ उनले भने ‘मागअनुसार मलनआउने भएकोले केहि किसानहरुले मलनपाएको कुरा सत्य हो ।’
सुदूरपश्चिमप्रदेशमाकुल खेतीयोग्यजमीन ३ लाख २२ हजार हेक्टर रहेको छ । तर, प्रादेशिक कृषिनिर्देशनालयले हालै सार्वजनिक गरेको एक तथ्यांकले साढे १ लाख हेक्टरमा सधै मलअभावहुने गरेको देखाएको छ ।
प्रदेशका ८८ ओटै स्थानीयतहमा पुर्याउने उद्देश्यले मलवितरण गरिरहे पनि केन्द्रबाट मागको ५० प्रतिशतमात्रमलआउँदा समस्याभएको कृषि सामग्री लिमिटेड कार्यालयले बताएको छ । सुदूरपश्चिममा ३ लाख २२ हजार हेक्टर खेतीयोग्यजमीनमध्ये १ लाख ८१ हजार हेक्टरमाधान र ८५ हजार हेक्टरमागहुँखेतीहुँदै आएको छ ।
प्रदेशलाई वार्षिक ५ लाख ६१ हजार ७४५ मेट्रिक टन खाद्यान्नआवश्यक पर्छ, जसमध्ये हालको उत्पादकत्व ४ लाख ९५ हजार ६८९ मेट्रिक टन छ । यस आधारमावार्षिक ६६ हजार ५६ मेट्रिक टन खाद्यान्न अन्यत्रबाट आपूर्ति हुने गरेको देखिन्छ ।
प्रदेश सरकारले प्रदेशलाइ नै कृषिमाआत्मनिर्भर बनाउने कुरा गरिरहँदाकिसानहरु भने खेतीगर्ने समयमाजहिले मलअभावमा हुन्छन् । समयमामल र सिचाई नपाउँदा कृषिउत्पादन घटेर जाने चिन्ताले किसानलाई सधैं चिन्तितबनाएको हुन्छ ।





















प्रतिक्रिया