धनगढी उप–महानगरपालिकाले आफ्नै प्राविधिक शिक्षालय संचालनको स्वीकृती पाएको छ । प्राविधीक शिक्षा संचालन गर्ने स्वीकृती पाएसंगै यसै शैक्षिक सत्रबाट पठनपाठनको तयारी गरिएको उप–महानगरपालिकाले जनाएको छ । आफै प्राविधीक शिक्षालय संचालन गर्ने धनगढी उप–महानगरपालिका उपत्यका बाहिरको पहिलो स्थानीय तह भएको छ । यस अघि भक्तपुरले संचालनमा ल्याएको थियो ।
प्राविधकि शिक्षा तथा ब्यावसायीक तालिम परिषद (सिटिईभिटी) संगको साझेदारीमा उप–महानगरपालिकाले सरकारी स्तरको धनगढी पोलिटेक्नीकल ईन्सच्यूट नामक प्राविधीक शिक्षालय संचालन गर्न थालेको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृप बहादुर वडले बताए । ‘न्युनभन्दा न्यून शुल्क लिएर विद्यार्थीलाई पठनपाठनको ब्यबस्था मिलाईने छ’ उनले भने ‘यसमा प्रदेशका बिभिन्न जिल्लाका बिद्यार्थीहरुको सहभागिता गराइनेछ ।’
विद्यार्थीले १ लाख ९० हजार भित्रनै डिप्लोमातहको पढाई पुरा गर्ने छन् । पहिलो चरणमा डिप्लोमा तह होटल ब्यबस्थापन र अटो मोवाईल ईन्जीनियरिङको पढाई हुने छ । होटल ब्यबस्थापन तर्फ ४० र अटोमोवाईल ईन्जीनियरिङ तर्फ ४८ कोटा रहेको छ ।
मेयर वडले अटोमोवाईल ईन्जीनियरिङ धनगढी उप–महानगरपालिकाको १९ वटै वडाको लागि १ ÷१ वटा कोटा निर्धारण गरिएको बताए । त्यसैगरी यस प्रदेशका ९ वटै जिल्ला लागि १÷१ वटा कोटा निर्धारण गरिएको छ । खुला तर्फ १९ जनाको कोटा छ भने १ कोटा नगरपालिकाको रहेको छ । होटल ब्यबस्थापन तर्फ पनि अटोमोवाईल ईन्जीनियरिङ जस्तै कोटा निर्धारण गरिएको भएपनि ४० मात्रै कोटा भएकाले खु्लातर्फ ११ जनाको कोटा निर्धारण गरिएको बताईएको छ ।
प्राविधकि शिक्षा तथा ब्यावसायीक तालिम परिषद (सिटिईभिटी) सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका प्रमुख डाक्टर कुष्माकर भट्टले धनगढी उप–महानगरपालिकाले उदारणिय काम गर्न थालेको बताए ।
‘भक्तपुर बाहेक यस्तो ढाँचामा प्राविधीक शिक्षालय खोल्ने धनगढी नै पहिलो हो’ उनले भने, ‘डिप्लोमातह अटोमोवाईलको पढाई प्रदेश नं ५, कर्णाली र सुदूरपश्चिममा कतैपनि संचालनमा छैन’ नया“ ट्रेंड भएकाले पढ्ने विद्यार्थीले तुरुन्त रोजगार पाउ“ने विस्वास उनले ब्यक्त गरे ।
धनगढी उप–महानगरपालिका शिक्षा शाखा प्रमुख बिष्णु कोईरालाले भर्ना आवेदन खुला भैसकेको बताए । प्राविधकि शिक्षा तथा ब्यावसायीक तालिम परिषद (सिटिईभिटी) को प्रवेश परिक्षा उत्तिर्ण गरेकाले स्वतःभर्ना पाउने भएपनि नयाँले पुनः भर्ना परीक्षामा सहभागि हुनुपर्ने छ । आवेदन भर्ने समय कार्तिक १७ गते सम्म छ ।





















प्रतिक्रिया