Logo

समाचार

बैतडीमा बस र जीप ठोक्किदा ३ जना घाइते



महाकाली राजमार्गअन्तर्गत बैतडीको सतबाँझ–गोकुलेश्वर खण्डको दोगडाकेदार गाउँँपालिका ४ खम्तोलामा बस र जीप एक आपसमा ठोक्किएका छन्। दार्चुलाबाट काठमाडौंका लागि छुटेको ना ६ ख १२२३ नम्बरको बस र दार्चुलातर्फ गइरहेको से १ ज २९५ नम्बरको जीप बिहीबार दिउँसो १ बजेतिर एक आपसमा ठोक्किएका हुन्।

बस र जीप एक आपसमा ठोक्किदा जीपमा सवार ३ जना घाइते भएका खोचलेक प्रहरी चौकीका इञ्चार्ज, प्रहरी सहायक निरीक्षक शंकर दत्त भट्टले जानकारी दिए । घाइते हुनेहरूमा दार्चुलाको दुहुँ गाउँपालिका ५ का ४२ वर्षीय रणबहादुर बम, बैतडीको डिलाशैनी गाउँपालिका ३ का ४२ वर्षीय गोपाल औझी र उनकी ४० वर्षीया श्रीमती तारा औझी रहेका छन् ।

उनीहरू तीनै जनाको गोकुलेश्वर अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । बस र जीपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। साघुँरो सडक, तीब्र गति र घुम्तीमा हर्न नबजाएको बस र जीप एक आपसमा ठोक्किएका खोचलेक प्रहरी चौकीले जनाएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार १२:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।