Logo

समाचार

बस र मोटरसाईकल ठोक्किदा एक जनाको मृत्यु



पुर्व पश्चिम राजमार्ग अन्तर्गत कैलालीको घोडाघोडी नगरपालिकामा मोटरसाइकल दुर्घटनामा परि एक जनाको ज्यान गएको छ । जिल्लाप्रहरी कार्यालय कैलालीले घोडाघोडी नगरपालिका १० पहलमानपुरमा आइतबार साँझबस र मोटरसाईकल एक आपसमाठोक्किदा मोटरसाईकल चालक घोडाघोडी १० का ४० बर्षिय रामबहादुर चौधरीको मृत्यु भएको बताएको हो ।

चौधरीको मृत्यु पछि आफन्तहरुले विरोधमा राजमार्ग अवरुद्ध पारेकाहुन् । पश्चिम बाट पुर्व तर्फ गई रहेका भे १ ख १७३२ नम्बरको बस र बाटो कटिरहेको से ३ प ६३७६ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्एिकाथिए ।

दुर्घटनामा परि ४२ बर्षिय मानबहादुर चौधरी घाईते भएका छन् । घाईतेको सुखड स्थित घोडाघोडी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आईतवार १२:२६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।