Logo

अनलाइनपाना खोज

खरिद गरेको तीन महिनापछि प्रदेश सरकारले वितरण गर्यो १६ एम्बुलेन्स



सुदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले खरिद गरेको ३ महिना पछि स्थानीय तहलाई अत्याधुनिक सुबिधा सम्पन्न एम्बुलेन्स वितरण गरेको छ । सर्वसाधारणको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने भनेर मन्त्रालयले गत आर्थिक बर्षको बजेटमा १६ वटा अत्याधुनिक सुबिधा सम्पन्न एम्बुलेन्स खरिद गरेको थियो । खरिद गरेको लामो समय सम्म पनि एम्बुलेन्स वितरण नगरेको चौतर्फि गुनासो आएपछि मन्त्रालयले बुधबार स्थानीय तह र स्वास्थ्य संस्थाका प्रमुख, अध्यक्षहरुलाई एम्बुलेन्सको कागजपत्र र चाबि हस्तान्तरण गरेको हो ।

खरिद गएको ३ महिना सम्म पनि ऐम्वुलेन्स वितरण गरेको भनै चौतर्फी आलोचना खेपेको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले बुधबार एक कार्यक्रमका विच ऐम्वुलेन्स वितरण गरेको हो ।

सुदूरपश्चिम प्रदेश सरकारले सवा ६ करोडमा किनेका १६ अत्याधुनिक एम्बुलेन्स प्रदेश सरकारले ९ वटै जिल्लाका १६ अस्पताल र स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको छ । एम्बुलेन्स हस्तान्तरण गर्दै सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले अव सुदूरपश्चिम प्रदेशमा एम्बुलेन्स अभावले बिरामी ज्यान गुमाउनु नपर्ने बताए ।

प्रदेशको स्वास्थ्य सेवालाई गुणस्तरीय तथा छिटोछरितो बनाउने उद्देश्यले एम्वुलेन्स खरिद भएको उनले जानाकरी दिए । ‘यि एम्बुलेन्सले सर्वसाधारणको स्वास्थ्य सेवामा प्रभावकारी भुमिका खेल्नेछ । अहिले स्थानीय तहलाई एम्बुलेन्स वितरण गरिएको भएपनि तत्काल सञ्चालन हुन सक्ने छैन’ उनले भने ‘कार्यबिधि बनाएर ड्रइभर र स्वास्थ्यकर्मीलाई तालिम दिएर सञ्चालन गरिने छ ।’

उनले एम्बुलेन्स प्रदेश सरकारले हस्तान्तरण गरेको भएपनि यसको सञ्चालन खर्च भने स्थानीय तहले नै बेर्होर्ने बताए । ‘स्थानीय तहले नै यसको जनशक्ति ब्यवस्थापन र खर्च बेहोर्ने छ’ उनले भने ‘हरेक स्थानीय तहमा यस एम्बुलेन्सलाई वितरण गर्न सकिएन् ।

सबै स्थानीय तहले मिलेर यसको प्रयोग गर्नुपर्नेछ । यदी कसैले यसको दुरुप्रयोग गरे प्रदेश सरकारले अर्को स्थानीय तहलाई दिन सक्नेछ ।’ सुदूरपश्चिमका अधिकांश स्वास्थ्य संस्थाका एम्बुलेन्समा साइरन र अक्सिजन सिलिन्डर बाहेकका सुविधा नभएको अवस्थामा नयाँ वितरण गरिएका १६ वटा एम्बुलेन्समा फुल एसी सहित मुटुको धड्कन नाप्ने मनिटर, अक्सिजन सिलिन्डर, सुरक्षाका अन्य थुप्रै उपकरण लगायतको सुविधा रहेको छ ।

बिहिबार देखी नै एम्बुलेन्स चालकलाई तालिम प्रदान गरिने सुदूरपश्चिम स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले बताए । उनले तालिम पश्चात वितरण भएका एम्वुलेन्स संञ्चालनमा आउने बताए । ‘बि लेभलको एम्बुलेन्स भएकोले यि सबैले चलाउन सम्भव छैन् । त्यसैले यसका लागि तालिम प्राप्त ड्राइभरको आवस्यकता पर्दछ ।’

उनले सबै जनाको अथक प्रयासका कारण एम्बुलेन्स खरिद र वितरणको काम भएको भन्दै अब यसको कार्यान्वयनमा सबैले ध्यान दिनुपर्ने बताए । उनले भन्सार शुल्क छुट गरेर एउटा एम्बुलेन्सको खरिद रकम ३९ लाख ७ हजार परेको बताए । १६ वटा एम्बुलेन्सको भने ६ करोड १२ लाख परेको उनले बताए ।

सामाजिक विकास मन्त्रालयले एम्बुलेन्सहरु सेती प्रादेशिक अस्पताल, महाकाली अस्पतालमा एक एक वटा वितरण गरेको छ । यस्तैः प्राथमिक स्वास्थ्य केन्द्र कमल बजार अछाम, जोगबुडा अस्पताल डडेलधुरा, जिल्ला अस्पताल दार्चुला, बैतडी र बझाङ, टाटे स्वास्थ्य चौकी बाजुरा, रुद्रेश्वर स्वास्थ्य चौकी बैतडी, खार स्वास्थ्य चौकी दार्चुला, रायल स्वास्थ्य चौकी बझाङ, नवदुर्गा स्वास्थ्य चौकी डडेलधुरा, डोटीमा जिल्ला अस्पताल र चवराचौतार स्वास्थ्य चौकी, अछामको जिल्ला अस्पताल, बाब्ला स्वास्थ्य चौकी, बान्नीगढीमा एम्बुलेन्स वितरण गरेको छ ।

सुदूरपश्चिम प्रदेशका अधिंकाश स्वास्थ्य संस्था र अस्पतालमा एम्वुलेन्स छैन् भने भएका एवुलेन्स पनि प्रयोग विहिन छन् । सुदूरपश्चिम प्रदेशका सबै स्थानियतहमा एम्वुलेस सेवा पुग्न सकेको छैन् । एम्वुलेन्स अभावकै कारण यहाँका धेरै अधिंकास बिरामी र घाइते ज्यान गुमाउन बाध्य छन् ।

प्रदेश सरकारले प्रदान गरेका एम्बुलेन्सले विकट क्षेत्रका सर्वसाधारणलाई विरामी पर्दा धेरै राहत पुग्ने बिस्वास स्थानीय तहका जनप्रतिनिधीको रहेको छ । बाजुरा बुढिगंगा नगरपालिका प्रमुख दिपक शाहले एम्बुलेन्स नहुँदा विरामीलाई स्वास्थ्य संस्थामा नै पुर्याउन समस्य हुने गरेको बताए । कतिपय विरामीले प्राथमिक उपचार नपाएका कारण पनि अकालमा ज्यान गुमाउनु परेका बेला यि एम्बुलेन्स वितरण गरेर सरकारले धेरैको ज्यान जोगाएको बताए ।

‘अस्पतालमा एउटा पनि एम्बुलेन्स छैन् । एम्बुलेनस नहुँदा कतिपय विरामीलाई अर्को स्वास्थ्य चौकीमा रिफर गर्न पनि समस्या हुने गरेको अवस्था छ’ महाकाली अस्पताल ब्यवस्थापन समिति अध्यक्ष कृष्ण दत्त जोशीले भने ‘प्रदेश सरकारले हस्तान्तरण गरेका एम्बुलेन्सहरु छिटै सञ्चालनमा पनि आउन ।’

पहाडी जिल्लामा अहिले पनि गतिलो एम्वुलेन्स सेवा नहुदाँ सुत्केरी तथा गम्भिर विरामी लाई हेलिकप्टर बाट उद्धार गनुपर्ने बाध्यता रहेको अछाम बान्नीगढि जयगढी गाउँपालिका उपाध्यक्ष लोकेन्द्र साउँदले बताए ।

सुदूरपश्चिमका अधिकांश स्वास्थ्य संस्थाका एम्बुलेन्समा साइरन र अक्सिजन सिलिन्डर बाहेकका सुविधा नभएको अवस्थामा नयाँ वितरण गरिएका १६ वटा एम्बुलेन्समा फुल एसी सहित मुटुको धड्कन नाप्ने मनिटर, अक्सिजन सिलिन्डर, सुरक्षाका अन्य थुप्रै उपकरण लगायतको सुविधा रहेको छ । एम्बुलेन्स चालकलाई तालिम प्रदान भइरहेको सुदूरपश्चिम स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले बताए ।

प्रदेशको स्वास्थ्य सेवालाई गुणस्तरिय तथा छिटोछरितो बनाउने उद्देश्यका गत आर्थिक बर्ष ०७५-७६ को बजेटमा सामाजिक विकास मन्त्रालयले जेठ महिनामा एम्वुलेन्स खरिद गरेको थियो । तर, आन्तरिक खिचातानीका कारण समयमा बितरण हुन सकेको थिएन् । एम्बुलेन्स स्वास्थ्य संस्था र स्थानीय तहमा वितरण गरेपनि यसको समयमै कार्यान्वयन हुने कुरामा भने अहिले पनि सर्वसाधारणहरुले आशंका बोकेका छन् ।

यो पनि पढ्नुहोस् 

वितरण भएनन् प्रदेश सरकारका १६ अत्याधुनिक सुविधा सम्पन्न एम्बुलेन्स

 

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार ११:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।