Logo

मनोरञ्जन

राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानको अध्यक्षमा रमेश बीजी



‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल’को अध्यक्षमा रमेश बीजी निर्वाचित भएका छन् । अर्का प्रतिस्पर्धी विष्णु खत्रीलाई ३९ मत अन्तरले पराजित गर्दै रमेश बीजी अध्यक्ष चुनिएका हुन् ।

पोखरामा आयोजित प्रतिष्ठानको सातौं महाधिवेशनमा भएको निर्वाचनमा रमेशले ५८४ र विष्णुले ५४५ मत प्राप्त गरेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिको सचिव रामु खड्काले जानकारी दिए ।

यसैगरी कोषाध्यक्ष पदमा राजु ढकाल ७३७ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी तारापति सुवेदीले ३७२ मत पाए । सहकोषाध्यक्षमा ७८० मतसहित ईश्वरी प्रसाद भुसाल विजयी भए । उनका निकटतम प्रतिस्पर्धी घनश्याम रिजालले ४०६ मत पाए । प्रशासनिक सचिवमा कृष्ण रेउले ६१९ मतअन्तरले विजयी भए । रेउलेले ८६४ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी पुरुषोत्तम थापाको पक्षमा २४५ मत पर्‍यो ।

खुल्ला सचिव ७ जनामा जीवन दाहाल ९७३८०, रमेशराज भट्टराई ९७३३०, कुलेन्द्र विश्वकर्मा ९६७७०, हरि डाँगी ९६२६०, प्रचण्ड जीसी ९६०६०, बसन्त थापा ९५९०० र पुस्कल शर्मा ९५७३० मतसहित निर्वाचित भएका छन् ।

महिला केन्द्रीय सदस्यमा सम्झना लामिछाने मगर ९९१२०, जानकी तारमी मगर ९८६६०, अन्जली अधिकारी ९८१००, जुनाश्रीष मगर ९७९८०, अम्बिका लुंगेली मगर ९७६१०, सरला पाण्डे ९७३६० र सीता राना ९६३२० चुनिएका छन् ।

१२ जना खुल्ला केन्द्रीय सदस्यमा देवी घर्ती ९१०१४०, पीएन सापकोटा ९८७१०, प्रकाश सपुत ९७८५०, पुरुषोत्तम भण्डारी ९७७९०, प्रकाश भट्ट ९७५४०, याम क्षेत्री ९७३१०, विमल अधिकारी ९७२३०, महेन्द्र गौतम ९६९९०, दीपक गर्बुजामगर ९६३००, सागर गुरुङ ९५६६०, विक्रम थापा ९५२८० र युवराज मगर ९५२५० निर्वाचित भएका छन् ।

विदेश शाखामा रामकृष्ण बम मल्ल ९७६७० र दुर्गा पंगेनी ९५५८० चुनिएका छन् ।

जो निर्विरोध निर्वाचित भए

वरिष्ठ उपाध्यक्षमा रीता थापामगर, प्रथम उपाध्यक्षमा पशुपति शर्मा र महिला उपाध्यक्षमा राधिका हमाल निर्विरोध चुनिएका छन् । यसैगरी महासचिव, उपमहासचिव र सांगठनिक सचिव पदमा पनि कलाकारहरु निर्विरोध चुनिएका छन् । सुवास केसी प्रतिष्ठानको नयाँ सचिव बनेका छन् ।

शंकर वीसी र शिव हमाल उपसचिव निर्वाचित भएका छन् । सांगठनिक सचिवतर्फ खुमन अधिकारी र महिला सचिवमा जमुना रानामगर निर्विरोध निर्वाचित भएकी छन् । सहकोषाध्यक्ष पदमा पूर्णकला वीसी पनि निर्विरोध विजयी भएकी छिन् ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलवार ०२:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।