नेपाल आउने पर्यटकको एउटै गुनासो हुन्छ, ‘यहाँको सडकमा हिंड्नै सकिन्न ।’ कारण, ‘कोलाहल र फोहोर ।’ यो सरकारबाट फोहोर त नियन्त्रण होला भनेर अब आसा गर्नु वेकार भइसकेको छ । बर्तमान सरकारले पनि अघिल्ला सरकारका झैं सडक सफा राख्ने क्षमता राखेन । तर, खर्च नलाग्ने हर्न नियन्त्रण गर्न त सक्छ नि । हर्न मात्र होइन, अब माइकिङ गर्न पनि पुर्ण रोक लगाउनुपर्छ । संचारका बिभिन्न साधन स्रोत छन् । त्यसैले, सडकमा माइकिङको अब जरुरी छैन । हर्न त झन बजाउनै हुन्न । यसले मानिसको जिवनमा दीर्घकालीन असर पार्छ ।
दश बर्ष अघिदेखि हामी निरन्तर लेख्दै गयौं, हर्न निषेध गर भनेर । त्यतिबेला न सरकारले सुन्यो न नागरिक समाजले । कति मिडियाकर्मी साथीहरु र समाजका अगुवाहरु नै हर्न निषेध गर्नुपर्छ भन्ने बुझ्दैनथे । एकोहोरो हामी यो बिषयमा निकै बोल्यौं । चौतर्फी दवाव आएपछि २०७४ साल बैशाख १ गतेदेखि सरकारले काठमाडौं उपत्यकामा हर्न निषेधको घोषणा गर्यो । त्यसपछि पोखरा, भरतपुर अनि विरगंजमा लागु भयो । लागु भएपनि अहिलेसम्म खास कार्यान्वयन भएको छैन । कार्यान्वयन किन हुन सकेन त ?
हाम्रो समाज अझै जंगली युगमा छ । शौच गर्ने तरिका, शौचका किसिम, सफाइका शैली, बोल्ने नम्रता, मिजालिसो ब्यबहार र सभ्य मानिस बन्न बल्ल हामी सिक्दैछौं । बेलायतले करिव २ सय बर्ष अघि लागु गरेका नियम बल्ल हामी पछ्याउन शुरु गर्देछौं । तर पनि पछ्याउन सकेका छैनौं । विश्वमा सिन्काका टुप्पाले टिपेर खाना खान्छन् । हामी हात नधोइ फोहोर मिसिएका हातले खाना खान्छौं ।
खान त के हेर्न पनि नसकिने यस्ता दृष्य हाम्रा सबैभन्दा असभ्य शैली हुन् । कम्तीमा पनि पाकेको खाना हातले नछोइ चम्चाले खाने बानी पनि बसाल्न सकेका छैनौं । शौचको त कुरै नगरौं । नेपालीले गर्ने शौचको तरिका सम्झियो भने विकसित मुलुकको नागरिकले महिना दिनसम्म खाना खान सक्दैन । यति असभ्य छौं । यहि असभ्यताको अर्को कारण बनेको छ नेपालीहरुको कोलाहल शैली । बोल्ने, हल्ला गर्ने, हर्न बजाउने हाम्रा कला बनेका छन् । हाम्रा शहरहरु हल्ला गर्ने बजार भएका छन । शान्त सुन्दर हाम्रा शहर बन्न सकेनन् ।
विकसित मुलुकमा सडकभरि सवारी साधन हुन्छन् । तर, सडकहरु सुनसान हुन्छन् । हामी गतिलो देखासिकी गर्न सकेनौं । खराब राजनीति भित्र्यौं । राम्रो कामहरु सिक्न सकेनौं । एक प्रतिवेदन अनुसार, काठमाडौंका सडकमा दैनिक ८२ देखि ९२ डेसिवलसम्म ध्वनी चर्किने गर्छ । यो स्वास्थ्यका लागि निकै खराव हो । हाम्रो शरिरले २६ देखि ६० डेसिवलसम्म मात्र ध्वनी सुन्ने क्षमता राख्छ । यो भन्दा बढि भयो भने मानिस रिसाहा हुने, टाउको दुख्ने समस्या, अल्पायुमा मृत्यु र स्मरणशक्ति कमजोर हुँदै जाने धेरै पटक चिकित्सकले सुझाइसकेका छन् ।
कस्ता ब्यक्ति र सवारीले धेरै हर्न बजाउँछन् त ? सार्बजनिक बस, माइक्रोबस, टेम्पो, भर्खर नयाँ किनेका नीजि कारहरु, मोटरसाइकल र तल्लोस्तर परिवारका छोराछोरीहरुले धेरै हर्न बजाउँछन् । कस्ता परिवारका सदस्यले हर्न बजाउँदैनन् त ? खानदानी वुवा हजुरवुवा भएका छोराछोरीहरु, सभ्य परिवारमा हुर्केको सदस्य, गतिलो विषय तुरुन्त सिक्ने ब्यक्ति र असल वंशाणुगत गुण भएको परिवारका सदस्यले हर्न बजाउँदैनन् । शहरमा जन्मेर हुर्केकाहरु केहि न केहि सभ्य देखिन्छन् । उनिहरु हर्न बजाउँदैनन् । सभ्यता सिक्ने कुरा हो । राम्रो सभ्यता सिक्यो भने हामीलाई नै फाइदा हुन्छ भन्ने सिक्न सक्नुपर्छ ।
केहि दिन अघि गृहमन्त्रालयले हर्न बजाउनेलाई कारवाही गर्ने पुन ः सुचना जारी गर्यो । तर, असभ्यहरुले अझै टेरेका छैनन् । सरकारले हर्न बजाउनेलाई जरिवाना बढाउनपर्छ । अहिले पहिलो पटक हर्न बजाउनेलाई ५ सय, दोस्रो पटक बजाउनेलाई एक हजार र तेस्रो पटक वजाउनेलाई पन्ध्र सय जरिवाना तोकेको छ । यो जरिवाना रकम निकै कम भयो । अझै जरिवाना दर बढाएर असभ्य नागरिकलाई कारवाही गर्न जरुरी छ । यो हाम्रै स्वास्थ्यका लागि हो । विदेशी पाहुनाका लागि हाम्रो परिचय पनि हो । अव हामीले नै निर्णय गर्नुपर्छ, हामी सभ्य बनेर स्वस्थ बन्ने कि असभ्य वनेर वैराग्य बन्ने ? अत : सवै असभ्य वैराग्य हर्न वजाउनेलाई कारवाही गरेर सभ्य समाज निर्माण गर्न सरकारले नियम कार्यान्वयनमा कडाइ गर्न जरुरी छ । नो हर्न प्लिज ..




















प्रतिक्रिया