Logo

प्रमुख समाचार

धुर्मुस सुन्तलीको अगुवाईमा बन्दै गरेको रंगशाला पुगे मुख्यमन्त्री



प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले चितवनको रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशालाको अवलोकन गरेका छन् । अवलोकनका क्रममा उनले रङ्गशाला निर्माणमा प्रदेश सरकार निरन्तर साथमा रहेको जानकारी दिए । प्रदेश सरकारले रङ्गशाला निर्माणका लागि विनियोजन गरेको पाँच करोड रुपैंया भरतपुर महानगरपालिकामा पठाएको जानकारी दिँदै रङ्गशाला निर्माणस्थलमा भएको प्रगतिले उत्साह जागेको बताए ।

‘रंगशाला निर्माणमा दृढताका साथमा लाग्नुहोस, हामी सहयोगमा कुनै कसर बाँकी राख्दैनौ’ मुख्यमन्त्री पौडेलले भने । उनले विकास निर्माणमा परम्परागत सोच अन्य गर्दै नयाँ योजनाका साथ अघि बढ्नुपर्ने धारणा राखे । हरेक विकास निर्माणमा अवरोध हुन नुहुने भन्दै उनले त्यसको सुरक्षा राज्यले गर्ने प्रतिबद्धता जनाए ।

धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीतारम कट्टेलले रङ्गशाला निर्माणमा भइरहेको कामको प्रगतिबारे मुख्यमन्त्री पौडेललाई जानकारी गराएका थिए उनले प्रदेश सरकारबाट विनियोजन भएको बजेट सहज रुपमा रङ्गशाला निर्माणका लागि खर्च गर्ने वातावरण मिलाइदिन आग्रह गरे । रङ्गशाला निर्माणले तीव्रता लिएको भन्दै उनले बजेटको भने अभाव रहेको बताए । फाउण्डेशनले शिलान्यास भएको दुई वर्ष्भित्र निर्माण सम्पन्न गर्नेगरी रङ्गशाला निर्माण अघि बढाएको हो ।

सो अवसरमा प्रदेशसभा सदस्य विजय सुवेदी, मुख्यमन्त्रीका राजनीतिक सल्लाहाकार जेएन थपलिया, चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

सुनकोशी गाउँपालिकाको अब आफ्नै प्रहरी

संविधानले व्यवस्था गरे अनुसार सिन्धुपाल्चोकका गाउँपालिका मध्ये सुनकोशी गाउँपालिकाले गाउँ प्रहरी भर्ना गरेर सबै वडामा खटाएको छ । जिल्लाका नौ गाउँपालिका मध्ये सुनकोशी गाउँपालिकाले पहिलो पटक गाउँ प्रहरी कार्याविधि २०७६ अनुसार सुरुमा नौ जना प्रहरी भर्ना गरेर सातै वडामा खटाएको छ ।

कार्यविधि अनुसार सुरुमा सात प्रहरी जवान र दुइ हवलदार गरेर नौ जना गाउँप्रहरी भर्ना गरिएको सुनकोशी गाउँपालिकाका अध्यक्ष श्रवण कुमार जिसी९विनोद० ले जानकारी दिए ।

गाउँपालिकाको न्यायिक समितिले गरेका निर्णयहरु कार्यन्वयनमा सहयोग पु¥याउन,गाउँमा हुने झै झगडा स्थानीय स्तरमा नै मेलमिलाप गराउन र नेपाल प्रहरीसँग समन्वय गरेर पालिका भित्र शान्ति सुरक्षा कायम गर्ने उदेश्यले गाउँ प्रहरी भर्ना गरिएको अध्यक्ष जिसीले जानकारी दिए ।

गाउँपालिका भित्रका सात वडामा एकरएक जना प्रहरी खटाइने छ भने हवल्दार र एक इञ्चार्ज गाउँपालिकाको केन्द्रमा राखिएको अध्यक्ष जिसीले बताए । ‘हाल सबै वडामा एक÷एक जना प्रहरी पठाएका छौँ, आवश्यकता अनुसार अरु प्रहरी पनि भर्ना गर्ने छौँ’ अध्यक्ष जिसीले भने–‘यसको प्रभावकारिता बढ्दै गयो भने हामी अरु पनि थप गर्ने छौ ।’

संविधानले स्थानीय सरकारलाई आवश्यकता अनुसार नगर प्रहरी र गाउँ प्रहरी भर्ना गरेर राख्न सक्ने अधिकार दिएको छ । संविधानले दिएको अधिकार अनुसार नै आफुहरुले यो व्यवस्था गरेको सुनकोशी गाउँपालिका–१ का अध्यक्ष नेत्र कार्कीले जानकारी दिए । वडा स्तरमा भएको मेलमिला केन्द्रबाट भएका फैसला र गाउँपालिकाको न्यायिक समितिले गरेका निर्णयहरु कार्यन्वयन पनि गाउँ प्रहरीले गर्ने अध्यक्ष कार्कीले जानकारी दिए ।

अहिले एक जना मात्रै भएपनि वडा कार्यालयमा बसेर वडाका सबै बस्तीहरुमा पुगेर त्यहाँको अवस्था लगायत अन्य कार्यहरुमा सहजिकरणका लागि गाउँ प्रहरी आवश्यक रहेको सुनकोशी गाउँपालिका–६ का अध्यक्ष रामकुमार थापाले जानकारी दिए । गाउँपालिकाको केन्द्रमा रहने प्रहरीहरुले भने कार्यालयमा आउने सेवाग्राहीहरुलाई समेत सहयोग गर्ने गरेर आफुहरुले व्यवस्था मिलाएको गाउँपालिका का प्रमुख कार्यकारी अधिकृत बिरबहादुर बस्नेतले जानकारी दिए ।

नेपाली सेनाको सेवा निवृत्त कर्मचारीहरुले दुइ साताको तालिम गाउँ प्रहरीलाई प्रदान गरेका थिए । तालिम पछि सबैलाई नियुक्ती दिएर खटाएको गाउँपालिकाले जानकारी दिएको छ । नियुक्त भएका गाउँप्रहरीहरुलाई गाउँपालिका अध्यक्ष श्रवणकुमार जिसीले दज्र्यानी चिन्ह समेत वितरण गरेका थिए ।

गाउँ प्रहरीको छुट्टै पोशाकको समेत गाउँपालिकाले नै व्यवस्था गरेको छ । जिल्लाका १२ स्थानीय तह मध्ये बाह्रविसे नगरपालिकाले यसअघि नै नगर प्रहरी भर्ना गरेर नगरमा खटाएको छ । अन्य गाउँपालिका र नगरपालिकाले भने अहिलेसम्म नगररगाउँ प्रहरी भर्ना गरेका छैनन् ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार ११:४२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।