Logo

सम्पादकीय

सरकार चलाउनेले क्रान्ति गर्ने हो कि काम ?



जब कम्वोडियामा पोलपोटको कट्टर कम्युनिष्ट शासन ढल्यो अनि राजधानी नोम पेन्ह माथि उठ्न थाल्यो । त्यहाँ कम्युनिष्टले क्रान्ति गरेदेखि सत्ता चलाउँदासम्म कम्वोडियाली जनताले नारकीय जिवन ब्यतित गरेका थिए । कम्युनिष्टको गुरिल्ला संगठन थियो, ‘खमेरुज’ । पोलपोटले सन् १९७५ देखि १९७९ शासन गर्दा नरसंहार गरे । जनतालाई हतियार वोकाएर, भोकमरि निम्त्याएर, बेरोजगार निम्त्याएर, महंगी बढाएर र क्रान्ति गरिदिएर । कति जनता मरे निश्चित तथ्याङ्क संयुक्त राष्ट्रसंघसँग पनि छैन । २० लाख बढी जनता कम्युनिष्ट शासकले प्रत्यक्ष मारेको विवरण मात्र वाहिर आएको छ ।

कम्युनिष्ट शासन र कम्युनिष्ट पार्टीहरुको सम्पूर्ण रुपमा पतन भएपछि मात्र कम्वोडियामा मानिस बस्न लायक देश वन्दै गएको इतिहास छ । अहिले कम्वोडियाले आमूल परिवर्तन गरेको छ । सदाका लागि कम्युनिष्टहरुको पतन भएपछि अहिले कम्वाेडियामा बार्षिक ५० लाख पर्यटक भित्रिन्छन् । कम्युनिष्ट शासनका बेला एकजना पर्यटकले पनि कम्वोडिया भ्रमण गरेनन् ।

कम्बोडियाको राजनीतिक उतारचढावकै वेला सन् १९८५ मा हुन सेनको उदय भयो । साढे तीन दशकदेखि प्रधानमन्त्री हुन सेन कम्बोडियाको निरन्तर कार्यकारी प्रमुख रहिआएका छन् । हुन सेनको नेतृत्वमा कम्बोडियाले राजनीतिक स्थिरता पाएको छ । छिमेकी थाइलैण्ड पनि यसबाट प्रभावित छ । राजनीतिक स्थिरतापछि कम्बोडियाले विकास र समृद्धिको यात्रा उक्लिरहेको छ ।

कृषिजन्य उत्पादनको महंगी बढेर जनता भोकभोकै बस्न वाध्य छन् । तरकारी किन्न नसकेर पानीमा नुन हालेर जनताले खाइरहेका छन् । तर, तिनै कृषिमन्त्री अझै क्रान्ति गर्ने, पार्टीलाई सुदृढिकरण गर्ने, पार्टीलाई अर्थ संकलन गर्ने रणनीतिमा लागेका छन् । अव त जनताले यस्ता नेतालाई भोट दिएर आफ्नो घुँडामा आँफै वन्चरो प्रहार गरेको सावित भएन र ?

खासगरी, पछिल्लो डेढ दशकमा कम्बोडियामा निकै परिवर्तन भएको छ । सन २०१६ मा कम्बोडिया विश्व बैंकको अति गरिब देशको सूचीबाट तल्लो मध्यम आय भएको देशमा उक्लिएको छ ।

कम्युनिष्ट शासनका वेला कम्वोडियाकै हालत बिश्वका आधा भन्दा देशले ब्याहोरेपछि ४० को दशकमा कम्युनिष्ट शासन ओरालो लाग्दै गयो । केहि देशमा कम्युनिष्ट पार्टीका नाम परिवर्तन गरेर सोसल पार्टीहरुमा रुपान्तरित भए । कम्युनिष्ट शब्द अपराधसंग जोडिएकोले विकसित मुलुकका राजनीतिज्ञले पार्टीका नाम बदलेर जनताको विश्वास जित्ने प्रयास गरे । अहिले पनि युरोपका केहि मुुलुकमा कम्युनिष्ठ पृष्ठभुमिका पार्टीले यो रुपान्तरण गरेर देशलाई विकासको मार्गमा लगेका छन् । कम्युनिष्टकै नामवाट पुर्ण शासित मुलुक जम्मा चार मात्र छन् अहिले विश्वमा । चीन, भियतनाम, उत्तर कोरिया र क्युवा । चीनवाहेक सबै मुलुकमा जनता नारकीय अवस्थामै गुज्रिएका छन् । चीनले मात्र विकास गर्नुका पछाडी अर्के कारण लुकेको छ । यस वारेमा हामीले पटक पटक लेखिसकेका छौं, अझै विस्तृत विवरण अरु लेखमा प्रस्तुत गरौंला । अव लागौं नेपालका कम्युनिष्टतिर ।

२००६ सालमा उम्रेको नेपाल कम्युनिष्ट पार्टी नेपालको पुरानो दल हो । जस्ले २०१६ सालमै संसदमा वलियो दलको सौभाग्य प्राप्त गरिसकेको थियो । संसदमा ४ सिट जितेर कम्युनिष्टले तत्कालिन सत्तालाई च्यालेन्ज दिइसकेको थियो । यति पुरानो दलले नेपाललाई कसरी ७० वर्षसम्म बन्धक बनाएर राख्यो यो तिर ध्यान जान आवस्यक छ । जनताले कस्को शासन हो मतलव गर्दैनन् । जनतालाई कस्ले कस्तो शासन गर्यो त्यो मतलव हुन्छ । कम्युनिष्ट होस वा अरु दलको शासन होस, देश र जनताको लागि काम होस् भन्ने हरेक नागरिकको चाहना हुन्छ । त्यहि भएर क्रान्ति गर्दे आएका नेपालका कम्युनिष्ट पार्टीलाई जनताले वलियो शक्ति वनाइदिए ।

क्रान्तिका नाममा नेपालका कम्युनिष्टले कति मानवीय, भौतिक वस्तु र क्रयशक्ति नोक्सान पुर्याए यो इतिहासमा लेखिसकेको छ । अहिले यहि क्षतिका सिंढीहरु चढेर नेपालमा कम्युनिष्ट सरकार छ । तर, पनि नेपालमा कम्युनिष्टले त्यो क्षतिलाई पुर्ति गर्ने कुनै संकेत देखाएका छैनन् । देशलाई लुछेर मात्र खान कम्युनिष्ट नेताहरु लागेका जनताले आरोप लगाइरहेका छन् ।

विश्वका जनताले कम्युनिष्ट पार्टीबाट धोका पाएर ४० कै दशकमा अर्को विकल्प खोजिसकेका थिए । धेरै देशका जनताले कम्युनिष्टलाई निमिट्यान्न पारेर समाप्त पारिदिएका इतिहासका पानामा पढ्न पाइन्छ । जुन देशका जनताले कम्युनिष्टलाई पालेर हुर्काए, बढाए अनि ति देशका जनता तिनै कम्युनिष्ट नेताबाट काटिए, मारिए । भोकमरिमा तड्पिए । रोजगार नपाएर विदेशिए । देशलाई हरिकंगाल बनाइदिए ।

पछिल्लोपटक एउटा निकै अचम्म र खतरनाक विषय बाहिर आएको छ । सत्तारुढ कम्युनिष्ट पार्टीका वैटकहरु बसिरहेका छन् । वैठकमा नेताहरु अझै क्रान्तिका कुरा गर्न छोडेका छैनन् । केन्द्रदेखि स्थानीय तहसम्म सवै कम्युनिष्टकै वर्चश्व हुँदा हुँदै कति क्रान्तिका कुरा गर्न सकेको होला ? कति जनतालाई दुख दिन सकेको होला ? देश बनाउने र जनतालाई सुख दिने त वर्तमान सरकारले कुनै योजना अघि सारेको छैन । सरकारले नियमित हुने काम वाहेक देशका लागि कुनै प्रगतिका काम गरेको छैन ।

बरु यस विचमा केहि विचित्र दृष्यहरु देखा परेका छन् । पुर्व एमाले भन्दा पुर्व माओवादी मुलुक निर्माण र विकासमा केन्द्रीत भएको देखिन्छ । उदाहरणका लागि (२०७६ साल पुस १ गते ) मंगलबार सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक बसेको थियो । वैठकमा पूर्वएमालेका नेताहरुले भने,‘पार्टी सुदृढिकरण गरौं, आर्थिक रुपमा पार्टीलाई मजबुत बनाऔं ।’ यसको सार के हो भने सरकारमा छौं, अझै देश दोहन गरौं ।

जस्तै, घनाश्याम भुषालकै प्रतिवेदनमा भनिएको छ,‘सरकार चलाउने भन्दा पार्टीलाइ सुदृढ वनाउन पुँजिवादको अन्त्य र क्रान्तिको निरन्तरतामा जोड दिने ।’ हैन, यी कृषिमन्त्री भए, यिनले कृषकलाई मारेर गर्न खोजेका के हुन् ? यिनले त अझै देश दोहन, आन्दोलन, क्रान्ति मात्र जानेका रहेछन् । मुलुक बनाउने कुरै यिनले सिक्ने भएनन् । यिनी पूर्व एमालेका चर्का कुरा गर्ने नेता हुन् । बरु, जनार्दन शर्माले बैठकमा भने,–‘मुलुक निर्माण गर्न कार्यकर्ता परिचालन गरौं ।’

यहाँ प्रश्न उठ्छ, पुर्व माओवादीको अपराधको पृष्ठभुमिलाई एकछिन छोड्ने हो भने विकास निर्माणमा पुर्व एमाले भन्दा पुर्व माओवादी केहि कदम अघि हो कि ! धेरैलाई यहि बिषयले निकै चिन्तित वनाएको छ । कृषिजन्य उत्पादनको महंगी बढेर जनता भोकभोकै बस्न वाध्य छन् । तरकारी किन्न नसकेर पानीमा नुन हालेर जनताले खाइरहेका छन् । तर, तिनै कृषिमन्त्री अझै क्रान्ति गर्ने, पार्टीलाई सुदृढिकरण गर्ने, पार्टीलाई अर्थ संकलन गर्ने रणनीतिमा लागेका छन् । अव त जनताले यस्ता नेतालाई भोट दिएर आफ्नो घुँडामा आँफै वन्चरो प्रहार गरेको सावित भएन र ?

विश्वका जनताले कम्युनिष्ट पार्टीवाट धोका पाएर ४० कै दशकमा अर्को विकल्प खोजिसकेका थिए । धेरै देशका जनताले कम्युनिष्टलाई निमिट्यान्न पारेर समाप्त पारिदिएका इतिहासका पानामा पढ्न पाइन्छ । जुन देशका जनताले कम्युनिष्टलाई पालेर हुर्काए, बढाए अनि ति देशका जनता तिनै कम्युनिष्ट नेतावाट काटिए, मारिए । भोकमरिमा तड्पिए । रोजगार नपाएर विदेशिए । देशलाई हरिकंगाल वनाइदिए ।

नेपाल पनि कम्युनिष्टको ७० वर्षदेखि यहि बन्धकमा परेर दरिद्र मुलुकमा दरिएको हामीले भोगिरहेका छौं । अब पनि नेपालका कम्युनिष्ट बदलिएर देश र जनताका लागि मात्र काम नगर्ने हो भने कम्वोडियामा पोलपोटले दिएको अपराधिकरणको जस्तै शिकार हामीले भोग्नेछौं । जुन पीडा कम्युनिष्टका आन्दोलन र युद्धले आँशिक रुपमा भोगिसकेका छौं । नेपालका कम्युनिष्ट दललाई यो अन्तिम परिक्षा हो,‘कम्वोडियाको पोलपोट शासक वनेर सकिने कि, जनताका लागि काम गरेर अझै जीवित रहिरहने ?’ सबै जिम्मा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको । धन्यवाद ।

प्रकाशित मिति : २ पुष २०७६, बुधबार ०४:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।