सुदूरपश्चिम प्रदेश सभामा नयाँ डिजिटल प्रविधि जडान गरिएको छ । प्रदेश सभा सचिवालयले प्रदेश सभा भवनमा राखिएको मेनुवल प्रविधि हटाएर डिजिटल प्रविधि जडान गरेको हो । प्रदेश सभाले आइतबार आयोजना गरेको सञ्चारकर्मीहरुसंगको भेटघाट कार्यक्रममा सभामुख अर्जुनबहादुर थापाले प्रदेश सभामा डिजिटल प्रविधि जडान भएको बताए । उनले माइक, अडियो-भिडियो रेकर्डिङ, साउण्ड सिस्टम, डिस्प्ले बोर्ड, कम्प्युटर, मिक्चर लगायतका डिजिटल प्रविधि जडान गरिएको बताए ।
उनले २७ वटा माइक, दुई वटा भिडियो क्यामेरा, दुई वटाडिस्प्ले बोर्ड, एउटामिक्सचर, एउटा कम्प्युटर लगायतका डिजिटल प्रविधि जडान गरिएको बताए । प्रदेश सभाको गतिविधि युट्युवमा समेत प्रशारण गर्ने व्यवस्था गरिएको समामुख थापाको भनाइ छ ।
सभामुख आसनको पछाडितिरको भित्तामा ठूलो डिजिटल बोर्ड राखिएको छ । संसद्को गतिविधि पछाडिबाट मात्रै कभर गर्न पाएको पत्रकारहरुको सम्बोधन गर्न सञ्चार कक्ष पनि छुट्टै बनाएको छ । सो सञ्चार कक्षमा समेत स्मार्ट टिभी राखिएको छ ।
सभामुख थापाले संसदीय समितिहरुको हरेक गतिविधि रेकर्ड गरेर दस्तावेज राख्न सचिवालयले व्यवस्था गर्ने बताए । यसैगरी, प्रदेश सभाले भिडियो कन्फरेन्स प्रणाली समेत जडान गरिरहेको समामुख थापाले बताए ।
उनले सचिवालयमा आवश्यक प्रणाली जडानसहित एउटा भिडियो कन्फरेन्स कक्ष बनाइन लागेको र प्रत्येक जिल्ला समन्वय समितिहरुमा पनि भिडियो कन्फरेन्स प्रणाली जडान गरिने उनले बताए । यस प्रणाली जडान पश्चात प्रदेश सभा सदस्यहरु तथा समितिहरुले स्थानीय जनतासँग समेत आफ्नै कार्य कक्षबाट सीधा संवाद गर्न सक्ने छन् ।
प्रदेश सभाले अहिले सम्म ३२ वटा विधेयक पारित गरेको पनि उनले बताए । तिनको प्रमाणीकरण समेत भइसकेको उनले बताए । प्रदेश सभाको पाँचौ अधिवेशध माघ ६ गतेदेखि प्रदेश प्रमुख शर्मिला पन्त (त्रिपाठी) ले आह्वान गरेकी छन् ।





















प्रतिक्रिया