धादिङको गल्छि गाउापालिकाले चितवन रामपुरमा निर्माणधिन रहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न सहयोग गर्ने भएको छ । गल्छि गाउँपालिकाले सहयोग स्वरुप एक सय ट्रिपर वालुवा सहयोग दिने निर्णय गरेको हो ।
जनस्तरबाट निर्माण भईरहेको गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागी धादिङ् जिल्ला स्थित गल्छि गाउँपालिकाले २० लाख बराबरको १०० ट्रिपर वालुवा सहयोग गर्ने निर्णय गरेको गल्छि गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठले बताए ।
आफुले सक्ने सहयोग गर्नुपर्ने बताउँदै यस्ता सहयोग सबैले गर्नुपर्ने गल्छि गाउँपालिकाका अध्यक्ष कृष्णहरी श्रेष्ठले बताए । यस्तै अब केही दिन भित्रमै १०० वटा ट्रिपर पालुवा बोकेर रङ्गशाला जाने बताईएको छ ।
सहयोगका लागी धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुस गल्छि गाउँपालिकामै आएका थिए । उनले सहयोग आउने क्रम वारी रहेको र नेपालकै गौरवको आयोजना निर्माणका लागी सबै लाग्नुपर्ने बताए ।
सिताराम कट्टेलकाे वालबाट
रङ्गशालालाई गल्छि गाउँपालिकाको १०० टिपर वालुवा सहयोग दिने निर्णय ।
जनस्तरबाट निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागी आज धादिङ् जिल्ला स्थित गल्छि गाउँपालिकाले १०० टिपर वालुवा सहयोग गर्ने निर्णय गरेको छ । यस निर्णयप्रति गल्छि गाउँपालिकाका अध्यक्ष कृष्णहरी श्रेष्ठ, वडा अध्यक्षज्यूहरु तथा सम्पुर्ण गल्छि गाउँपालिका बासीहरुमा हार्दिक धन्यवाद एवम् आभार ब्यक्त गर्न चाहान्छौं । केही दिन भित्रमै १०० वटा टिपर पालुवा बोकी रङ्गशाला पुग्ने छ । यो जानकारी तपाईहरुमाझ साट्न पाउनु हाम्रो शौभाग्य हो । धन्यवाद सम्पुर्ण सहयोगी मनहरुप्रति ।




















प्रतिक्रिया