Logo

बागमती प्रदेश

१० हजारस घुससहित राजश्वका कर्मचारी पक्राउ



अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रदेश नम्बर ३ कार्यालयले घुससहित एक कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

आन्तरिक राजश्व कार्यालय चितवनमा कम्युटर अधिकृतको दरबन्दीमा कार्यरत रामकुमार अधिकारीलाई कार्यालयले घुस रकम रु १० हजारसहित मङ्गलबार पक्राउ गरेको हो ।

आन्तरिक राजश्व कार्यालयका प्रमुख शुभप्रसाद रिजालले सेवाग्राहीबाट कम्युटर बिलिङको कामका विषयमा अधिकारीले रकम लिएको अभियोगमा पक्राउ गरेको जानकारी दिए । अधिकारीलाई अख्तियार कार्यालय हेटौँडा लगिएको छ ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार ०९:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।