नेपाली लोकदोहोरी गीत संगीतको बजार खस्कदैँ गइरहेको अवस्थामा कृष्ण महतराज र पुजा बरालको संयुक्त लोकदोहोरी गीत ‘सयौँ जुनी’ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।
गीतमा राजु विरही र गायिका पुजा बरालको सुमधुर आवाज रहेको छ । प्रेममा उब्जिएका वेदनालाई गीतमा समावेश गरिएको छ । आफनो प्रेमीकाको याद आफुलाई सदैव आउने कुरा गीतमा गायकले व्यक्त गरेका छन ।
राजु विरहीको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । भिडियोमा मरुभुमी नारायण को छायाँकन, रोशन धितालको सम्पादन तथा राजु विरहीको निर्देशन रहेको छ । गीतको भिडियोमा आयुष्मा कार्की, कृष्ण गहतराज, आर एन थापा र रचना गदालले अभिनय गरेका छन् ।





















प्रतिक्रिया