Logo

अनलाइनपाना खोज

अब माधव नेपाल र विष्णु पौडेल जोगाउन नेकपालाई आपत



ललितानिवास जग्गा हिनामिना प्रकरणमा आफ्ना नेताहरु माधवकुमार नेपाल र विष्णु पौडेललाई जोगाउन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले मन्त्री र सांसदहरु परिचालन गरेको छ ।

ललितानिवास प्रकरणमा आफ्ना उपसभापति विजय गच्छदारलाई मुद्दा चलाउँदा कांग्रेसले माधव नेपाल र विष्णु पौडेललाई किन उन्मुक्ति भनेर प्रश्न उठाएपछि नेकपाले कांग्रेसविरुद्ध मन्त्री र सांसद परिचालन गरेको हो । नेकपा सांसदले कांग्रेसको प्रश्नलाई कांग्रेस भ्रष्टाचारको पक्षमा उभिएको रुपमा अथ्र्याउन प्रयत्न गरिरहेका छन् ।

कांग्रेसले प्रश्न उठाउँदै संसद समेत अवरोध गरेका बेला नेकपा सांसदले राष्ट्रियसभा बैठकमा र मन्त्रीले माधव नेपाल र विष्णु पौडेललाई चोख्याउँदै पत्रकार सम्मेलनमा कांग्रेस भ्रष्टाचारको संरक्षण उभिएको रुपमा प्रस्तुत गर्ने प्रयास गरेका थिए ।

नेकपा सांसद रामनारायण विडारीले सरकारले भ्रष्टाचारीमाथि एक्सन लिँदा कांग्रेस भ्रष्टाचारको पक्षमा उभिएको आरोप लगाए । उनले मनसाय गलत नभएको भन्दै विष्णु पौडेलको बचाउ समेत गरे । अर्का सांसदले पनि अख्तियारको निर्णयको स्वागत गर्दै नेकपा नेताहरुको बचाउ गरेका थिए ।

त्यसैगरी आजैको पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले माधव नेपाल र विष्णु पौडेलको खुलेर बचाउ गरे । उनले कांग्रेसले अख्तियारको निर्णयमा प्रश्न उठाउन नमिल्ने जिकिर समेत गरे ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार १३:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।