Logo

सुदूरपश्चिम प्रदेश

निर्मला पन्तको हत्यारामा दिलिपसिंह विष्ट नै दोषी



कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्यारा दिलिपसिंह विष्टनै भएको कञ्चनपुर प्रहरीले बताएको छ । भीमदत नगरपालिका २ स्थित खोन्टीकी पन्तको शव २०७५ साउन ११ गते त्यही नगरपालिकाको वडा नम्बर १८ निम्बुखेडा खोला किनारको उखुबारीमा फेला परेको थियो ।

पन्तको बलात्कारपछि हत्या प्रकरणमा एआइजी धिरु बस्न्यात नेतृत्वको समितिको प्रतिवेदन खारेज भएको छ । प्रहरीबाट भएका कमजोरीबारे अध्ययन गरेर बुझाइएको प्रतिवेदन प्रहरी प्रधान कार्यालयले खारेज गरेको हो ।

प्रहरी प्रधान कार्यालयले गठन गरेको अर्को छानबिन समितिले बस्न्यात नेतृत्वको समितिको प्रतिवेदन त्रुटिपूर्ण ठहर गरेपछि बस्न्यात नेतृत्वको टोलीको प्रतिवेदन खारेज गरेको हो ।

यद्दपी सो प्रतिवेदनबारे प्रहरी संगठनभित्रै असन्तुष्टि बढेपछि प्रहरी महानिरीक्षक सचिवालयले पुनरावलोकन गराउँदा ‘टर्चर’ दिएर गलत बयान दिन लगाएको र अनुसन्धानमा खुलेको विषय नै नसमेटेको खुलेपछि सचिवालयले प्रतिवेदन कार्यान्वयन नगर्न निर्देशन दिएको थियो ।

बस्नेत नेतृत्वको समितिमा रहेका तत्कलीन एसपी उत्तमराज सुवेदी र गणेश रेग्मीको हस्ताक्षर बिना बस्न्यातले सो प्रतिवेदन बुझाएको थियो । यसैबीच पछिल्लो प्रतिवेदनअनुसार बलात्कार र ह.त्या आरोपमा पक्राउ परेर छुटेका दिलिपसिंह विष्ट नै मुख्य अभियुक्त रहेकाले उनीमाथि थप अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले कञ्चनपुर प्रहरीलाई आईतबार निर्देशन दिएको छ ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार ११:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।