Logo

विचार / ब्लग

पूर्व डिआइजी अधिकारीले लेखे : दलाल साम्राज्य मुर्दावाद, आखिर किन ?



नेपाल प्रहरीका निवर्तमान डिआइजी पिताम्बर अधिकारीले आफ्नै पूर्व संगठनविरुद्ध सामाजिक सञ्जालमा लखेका छन्, त्यो पनि अवकाश पाएकै मध्यराति । पूर्व डिआइजी पिताम्बर अधिकारीले गएराति १२ बजेबाट औपचारिक रुपमा अवकाश पाए ।

उनले उकुसमुकुस ट्वीटरमा लेखेका छन् । त्यो पनि अवकाश पाएकै मध्यराति । उनले ट्वीट गरेका छन्, ‘अब नेपाल प्रहरी व्यवसायिक बनोस दलालहरुको ब्युहमा नफसोस । दलाल साम्राज्य मुर्दावाद ।’

निवर्तमान आइजीपी सर्वेन्द्र खनालका ब्याची अधिकारी आजबाट अवकाश भएका छन् । एसएसपी हुँदासम्म आइजीपीका दाबेदारका रुपमा मानिएका उनी डिआइजी बढुवामा पछि परेका थिए । त्यसपछि पनि अधिकारीले आकर्षक स्थानमा सरुवा पाएका थिए ।

अधिकारीले यसो लेख्ने वित्तिकै उनको पक्ष र विपक्षमा रिट्वीटरहरु भएका छन् । मिलन लिम्बुले प्रतिक्रिया दिदै ‘बहाल रहेको बेला तपार्यं पनि दलालहरुको घेरामा रमाउनु भएको थियो ? यदि होइन भने बहाल रहेको बेला यो बोल्ने किन आँट गर्नुभएन ?’ भनी प्रश्न गरेका छन् ।

जवाफमा अधिकारीले ‘रमाए कि रमाईन तपाईँले जे देख्नु भो त्यही सदर । हामी भाषण गर्दै हिंड्ने होइन काम गर्ने व्यवसायिक प्रहरी बन्नुपर्छ भन्ने मेरो भाव हो,’ भनेका छन् । अधिकारी पछिल्लो समय निवर्तमान आइजीपी अधिकारीसँग नजिक रहेर काम गरेका थिए । उनी मिडियामा छाइरहन्थे ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार १५:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।