जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी जवान चन्द्रकिशोर रायले बिहीबार बिहान गोली लागेर घाइते भएका छन् । बिहान साढे सात बजेतिर ड्युटी (सेन्ट्री) मा रहेको बेला आफैले बोकेको बन्दुक आफ्नै पेटमा हान्दा गोली लागेर राय घाइते भएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए।
घाइते जवानको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाण्डौ पठाइएको उनले बताए । ‘म बिहान मर्निङवाकमा गएको थिएँ । मैले पनि गोली लागेर घाइते भएको भन्ने सुनेको हुँ । मैले देखेको छैन ।’
प्रहरी उपरीक्षक (एसपी) रन्जु सिग्देलले पनि घाइते प्रहरी जवान बोल्न सक्ने अवस्थामा रहेको र सोध्दा आफैले गोली हानेको बताएको भनिन् । जवानले आफैलाई किन गोली हानेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




















प्रतिक्रिया