मुस्लिम धर्मावलम्बीहरूको सप्तरीमा आयोजित महत्त्वपूर्ण धार्मिक भेला ‘इज्तिमा’ मा सहभागीहरूलाई विभेद गरेको आरोप लागेको छ । खासगरी कार्यक्रममा सहभागी हुनको लागि अन्तराष्ट्रिय निमन्त्रणा पठाइएको तर गृहमन्त्रालयमा अनुमति नलिइएपछि कार्यक्रम विवादित बनेको हो ।
खासगरी पाकिस्तानिको सहभागीता प्रती छिमेकी मुलुक भारतले प्रश्न उठाएपछि गृहमन्त्रालयले अनुमति नदिइएको बुझिएको छ । शुक्रबार बिहान भारतीय र नेपाली सुरक्षा अधिकारीबीच छलफल भएपछि मात्रै कार्यक्रम सञ्चालनको अनुमति दिइएको हो ।
कार्यक्रममा सहभागी हुन पाकिस्तान सहित बंगलादेश, साउदी अरेबिया, कतार, थाइल्यान्डबाट नेपाल आएका मुस्लिम समुदायका प्रतिनिधिहरूलाई आयोजकले सम्बन्धित मुलुक नै फिर्ता पठाएपछि विवादित बनेको हो ।
एक दर्जन भन्दा बढी मुलुकका प्रतिनिधि सहित देशभरका मुस्लिम अगुवाहरूको सहभागीता रहेको भनिएको उक्त कार्यक्रममा भारत र नेपाल बाट सहभागी प्रतिनिधि मात्रै रहने गरि हिजो (शुक्रबार)बाट सुरू भएको हो भने कार्यक्रम आगामी सोमबार समापन हुने छ ।
तर कार्यक्रम आयोजकले देशभित्रबाट सहभागी छनौट गर्दा र कार्यक्रम सञ्चालन गर्दा समेत चरम अनियमितता गरेको समाजवादी मुस्लिम संघका केन्द्रीय सदस्य तवरेज आलमले जानकारी दिए । मुस्लिम समुदाय भित्रका समस्या र तिनको समाधानको सामूहिक समाधानको प्रयास स्वरूप यो कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।





















प्रतिक्रिया