Logo

मनोरञ्जन

प्रियंका–आयुष्मान बिहे, फागुन १५ गतेको लगन



अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको बिहे १५ फागुनमा तय भएको छ ।

एक बर्ष अघि इन्गेज्मेन्ट गरेको यो जोडी त्यसअघि लामो प्रेम सम्बन्धमा थियो । गएको बैशाखमा नै बिहे हुने बताइए पनि एक बर्षसम्म यो जोडी प्रणय शुत्रमा नै रहेको थियो ।

अभिनेत्री कार्कीले नै बिहेको मिति तय भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएकी छन् । उनले २७ फेब्रुअरीको मिति सार्वजनिक गरेकी हुन् जसको नेपाली मिति १५ फागुन हुन्छ ।

केही साता अघि मात्र अभिनेत्री कार्कीले बिहेको मिति नजिकिएको भन्दै थाइल्यान्डमा ब्याचेलर पार्टी दिएकी थिइन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार १६:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।