Logo

मधेश प्रदेश

जनकपुरमा मन्त्रीमाथि कालोमोसो दल्ने प्रयास



राष्ट्रिय जनता पार्टी (राजपा) कार्यकर्ताले प्रदेश–२ का आफ्नै मन्त्रीलाई कालोमोसो दल्ने प्रयास गरेका छन् । असन्तुष्ट कार्यकर्ताले शनिबार जनकपुरमा प्रदेशका सामाजिक विकासमन्त्री जवलकिशोर साहलाई कालोमोसो दल्ने प्रयास गरेका हुन् ।

यद्यपि प्रहरीले तत्काल हस्तक्षेप गरेकाले कालोमोसो दल्ने प्रयास सफल हुन सकेन । मन्त्री साह एक निजी अस्पतालको कार्यक्रममा सहभागी हुन जाँदै गरेका बेला कार्यकर्ताको घेराबन्दीमा परेका थिए । प्रहरीले मन्त्रीलाई कालोमोसो दल्न खोज्ने दर्जन बढीलाई नियन्त्रणमा लिएको छ ।

उनीहरुविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । राजपाका धनुषा अध्यक्ष मण्डलका अध्यक्ष ज्ञानेन्द्र झाले शुक्रबार मन्त्री साहलाई भेट्न मन्त्रालयमा गएका बेला दुईबीच चर्काचर्की परेको र त्यसको बदला लिन झाले आफ्ना समर्थक प्रयोग गरेर मन्त्री साहमाथि कालोमोसो दल्ने प्रयास गरेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार १७:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।