Logo

अर्थ

आजबाट नयाँ सेवा सुरु गर्दै टेलिकम, हरेक कलपछि म्यासेज



नेपाल टेलिकमले आज मंगलबारबाट नयाँ सेवा सुरु गर्ने भएको छ । टेलिकमले आजबाट ‘एण्ड अफ कल सेवा’ अर्थात् कल पश्चात आउने ब्यालेन्स सम्बन्धि विवरण जानकारी दिने सेवाको परिक्षण गर्ने लागेको हो । यो सेवा जीएसएम मोबाइलमा सुरु गर्न लागेको टेलिकमले जनाएको हो ।

यस सेवा अन्तर्गत कल सकिएपछि टेलिकमले बाँकि रहेको ब्यालेन्सबारे जानकारी दिन्छ ।

जस अनुसार टेलिकमले आज रातिदेखि केहि ग्राहकको मोबाइलमा कल गरेपछि अलर्ट म्यासेज आउँन सक्ने जनाएको छ । अहिले परिक्षणको रुपमा यो सेवा सुरु ग्रण लागिएको टेलिकमको सूचना प्रणाली सहयोगी निर्देशनालयले जनाएको छ । एनसेलले भने यो सेवा धेरै अगाडी देखि नै सुरु गरिसकेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलवार १८:४९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।