Logo

सूचना/प्रविधि

टेलिकमले ल्यायो लार्ज डाटा प्याक अफर, प्रतिएमबी ५ पैसामै चलाउन सकिने



तपाईलाई एकै पटक धेरै डाटा प्रयोग गर्नुपर्ने आवश्यकता छ। त्यसो भए अब चिन्ता गर्नु पर्दैन।

यसको समाधानको लागि नेपाल टेलिकमले लार्ज डाटा प्याक उपलब्ध गराएको छ। यो प्याक एक पटक सब्स्क्राइब गरेपछि लामो सम सम्म चलाउन पाइन्छ र तुलनात्मक रुपमा सस्तो पर्दछ।
यस अन्तर्गत ३० जीबी र ६० जीबीको प्याक उपलब्ध गराएको छ।

३० जीबीको प्याक आवश्यकताअनुसार ९० दिनसम्म चलाउन सकिन्छ। यस प्याकको मूल्य १ हजार ६ सय रुपैयाँ छ। त्यसैगरी ६० जीबी प्याक १ सय ८० दिनसम्म प्रयोग गर्न सकिन्छ। यसको मूल्य ३ हजार रुपैयाँ छ। यसरी प्याक प्रयोग गरी डाटा चलाउदा प्रतिएमबी करिव ५ पैसा मात्र खर्च लाग्छ। उल्लेखित रकम करसहितका हुन्।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार १८:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।