सातै प्रदेशका प्रदेश प्रमुखले काठमाडौमा आएर आफूहरु कार्यालय बाहिर जाँदा सँगै जाने श्रीमतीहरुलाई पनि भ्रमणभत्ता उपलव्ध गराउन माग गरेका छन् ।
आफ्नो कार्यालय बाहिर भ्रमण जाँदा सरकारले प्रदेश प्रमुखका लागि दैनिक भत्ताको व्यवस्था गरेकाले आफूहरुसँगै जाने श्रीमतीलाई पनि भत्ताको व्यवस्था गर्न माग गरेका हुन । उनीहरूले पत्नीका लागि छुट्टै यातायात सुविधाको व्यवस्था गर्न ‘सुझाब’ दिएका हुन ।
प्रदेश प्रमुखहरुले तीन दिनको काठमाडौं बसाइमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका थिए । भेटमा उनीहरुले त्यो सुझाव दिएको स्रोतहरु बताउँछन् ।
तर, उनीहरुले भने प्रदेशमा आफूहरुले भोग्नुपरेका समस्याबारे संघीय सरकारलाई ध्यानाकर्षण गराउन काठमाडौं आएको बताएका छन् । प्रदेश प्रमुखहरुले संवैधानिक भूमिका, अधिकार र नैतिक आचरण भुलेर प्रदेश प्रमुखहरु आफ्नो सेवा सुविधा बढाउन सक्रिय भएपछि आलोचना भएको छ ।
सातवटै प्रदेशका प्रदेशप्रमुख र मुख्यमन्त्रीहरू आइतबार केन्द्रीय राजधानी काठमाण्डौ आएका थिए । मुख्यमन्त्रीहरू कोरोना भाइरसको सम्भावित संक्रमण नियन्त्रणका सम्बन्धमा छलफल गर्न आएका बेला प्रदेश प्रमुखहरु आफ्नो सेवा सुविधान बढाउन माग गर्दै काठमाडौं आएका हुन ।
सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर प्रदेश प्रमुखहरुले आफूहरूको वरीयता र सुविधा वृद्धिका लागि ‘लबिङ’ गरेका हुन । कोरोना भाइरस संक्रमणको डरले देश नै त्रासमा भएका बेला प्रदेश प्रमुख जस्तो जिम्मेवार पदमा रहेका प्रदेश प्रमुखहरुको स्वार्थ देखेर धेरैले आलोचना गरेका छन् ।
प्रदेशका प्रमुखहरुले राजनितिक दलका नेताहरुसँगको भटेघाटलाई कानुनविद्हरुले पनि नकारात्मक पक्ष भएको टिप्पणी गरेका छन् । राष्ट्रपतिले नियुक्ति गरेका प्रदेश प्रमुखले सेवा सुविधा वृद्धिका लागि दलका नेताहरुलाई भेट्नु गलत भएको कानुनविद्हरु बताउँछन् अभियान टाइम्समा खबर छ ।




















प्रतिक्रिया