Logo

अनलाइनपाना खोज

अब कर्फयु लगाउने तयारीमा सरकार



सरकारले केही दिनअघि कोरोनाको रोकथाम तथा नियन्त्रण गर्न दिएको निर्देशन तथा आग्रहलाई नेपाली जनताले अवेज्ञाा गरेको भन्दै भोलिदेखि कर्फयु लगाउनेसम्मको तयारी गरेको छ । आज राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण हुने ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले यस्तो बताएका हुन् ।

उनले भनेका छन्,‘जनताले सरकारले दिएको निर्देशन पालना गरेनन् । सडकमा मान्छेहरुको भीड अझैपनि उत्तिकै देखिएको छ । यो अवेज्ञा नै हो । सरकारले अब आवश्यक पर्यो भने कर्फयु नै लगाएर पनि अघि बढ्नुपर्ने अवस्था आउँछ ।’

प्रहरीलाई बाहिर निस्कन बन्देज

विश्वव्यापी रूपमा फैलिरहेका कोरोना भाइरसको संक्रमणको जोखिम नेपालमा पनि बढिरहेका बेला सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी गणमा उच्च सतर्कता अपनाइएको छ। त्यहाँका प्रहरीलाई बाहिर निस्कन बन्देज लगाइएको हो। उनीहरूले तालिमदेखि अन्य कार्यालीय काम भित्रै गर्ने गरेका छन्। गणले तालिममा रहेका एक सय ९० जना र गणमा कार्यरक्त अन्य प्रहरीका लागि ‘लक इन’ गरिएको त्यहाँका सई रतन शर्माले बताए।

बाहिरबाट आउनेका लागि गेटमा साबुनपानीले हात धुने र मास्क अनिवार्य लगाउनुपर्ने बनाइएको सई शर्माले बताए। ‘भित्रै बसेर सबैलाई सुरक्षित साथ काम गर्न भनेका छौं,’ उनले भने, ‘गेटमा कडाइ गरेका छौं।’

कर्णाली प्रदेश छिर्ने प्रमुख नाका बबई र दैलेखको गुराँसे र राकम कर्णालीमा स्वास्थ्यकर्मीबाट स्वास्थ्य जाँच भइरहेको छ। त्यस्तै दैलेख जिल्ला प्रहरी कार्यालयले पनि प्रहरी कार्यालय बाहिर साबुनपानीले हात धुनुपर्ने नियम लगाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख हरिबहादुर ओलीले बताए। प्रहरी युनिटमार्फत जिल्लाभर जनचेतनाका कार्यक्रम भइरहेको उनको भनाइ रहेको नागरिक दैनिकले खवर छापेको छ ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार १९:१०   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।