Logo

मधेश प्रदेश

आइसोलेसनमा राखिएकाे बिरामीको मृत्यु भएपछि कोरोना विशेष अस्पतालले निकाल्यो यस्तो विज्ञप्ति



चितवनको भरतपुरस्थित कोरोना विशेष (अस्थायी) अस्पतालको आइसोलेसनमा राखिएका बिरामीको मृत्यु भएपछि एक विज्ञप्ति जारी गर्दै उक्त मृत्यु हुने व्यक्ति चितवन मेडिकल कलेजबाट रिफर गरिएको बिरामी भएको अस्पतालले जनाएको छ ।

मृत्यु हुनेमा पर्साको वीरगन्ज घर भएका ३० वर्षीय युवक छन् । चितवन मेडिकल कलेजमा उपचाररत उनलाई कोरोना संक्रमणको आशंकामा केही दिन अगाडि कोरोना विशेष अस्पतालमा रेफर गरी आइसोलेसन वार्डमा राखिएको थियो ।

‘यादव पहिलेदेखि नै लुपस भन्ने रोगले मिर्गौला समेत कमजोर भएको अवस्थामा ज्वरो र निमोनियाको लक्षण भइ चितवन मेडिकल कलेजबाट रिफर भइ कोभिड १९ को आशंकामा आउनु भएको थियो’, जारी विज्ञप्तिमा भनिएको छ, ‘ १० गते भर्ना गरिएको उक्त विरामीको स्वाब ९नमुना कलेक्सन० १० गते गते नै गरी काठमाडौं पठाइएको छ अस्पताले बताएको छ ।

तर समस्या घट्नुको साटो बढ्दै गइ मंगलबार बिहान साढे ९ बजे चिकित्सकले मृत घोषित गरेको अस्पतालले जनाएको छ । स्वावको रिपोर्ट आउन बाँकी रहेकाले मृत शरीरलाई रिपोर्ट नआउन्जेल आइसोलेसनमा राखिने अस्पतालले जानकारी दिएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलवार १४:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।